News

Aug 18, 2010

सभासद् रामकुमार शर्माले आफ्नो पदबाट राजीनामा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र २ - माओवादी सभासद् रामकुमार शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीले शर्मामाथि कारवाही प्रक्रिया अघि बढाएपछि शर्माले बुधबार राजीनामा दिएका हुन् ।
सभासद् शर्माले आफूलाई धम्क्याएकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुको सल्लाहमा राजीनामा दिएको बताए । उनले अब हुने निर्वाचनमा आफू पुनः निर्वाचित हुने विश्वास व्यक्त गरे ।
तमलोपाका तर्फबाट महोत्तरी क्षेत्र नं. ४ बाट निर्वाचित शर्माले गत बर्ष माओवादीमा प्रवेश गरेका थिए । उनको पद खारेज गर्न तमलोपाका सचेतक बृजेशकुमार गुप्ताले मंगलबार पार्टीको निर्णय सहितको पत्र सभामुख सुवासचन्द्र नेम्वाङलाई बुझाएका थिए । शर्मा अहिले माओवादी केन्द्रीय सदस्य हुन् । पद खारेजीसँगै रिक्त स्थानमा ६ महिना भित्र नयाँ निर्वाचन गर्नुपर्ने प्रावधान छ । सभासद् शर्मा वन अध्ययन अनुसन्धान उप समितिको संयोजक थिए । राष्ट्रिय वनको व्यापक विनाशभएपछि संसदको प्राकृतिक स्रोत साधन समितिले शर्माको नेतृत्वमा उपसमिति गठन गरेको थियो । भारतीय दूतावासका काउन्सिलरले आफूलाई मार्ने धम्की दिएको सार्वजनिक गरेपछि शर्मा चर्चामा थिए ।

No comments: