News

Aug 14, 2010

राष्ट्रिय सरकार दवाव लागि लिरामो अध्यक्ष नेपाल जाने

लिम्वूवान डट व्लगस्पोट डटकम,हङ्कङ
लिम्बुवान राष्ट्रिय मोर्चाको भर्खरै बसेको केन्द्रिय कमिटीको बैठकले-पहिलाबाट नै दाबी गर्दै आएको नौ जील्ला पूर्वमा मेची नदी, पश्चिममा, सिस्वा/सँखुवा खोला अरुण हुँदै सप्तकोशी, उत्तरमा हिमालय तिब्बत चीन, दक्षिणमा भारत सिमाना रहेको बिचको भु-भागलाई लिम्बुवान स्वायत्त राज्य कायम गर्न अझ सशक्त राजनैतिक लडार्इ लड्नु पर्ने निश्कर्षसहित, देशमा स्थाई शान्ती कायम गर्न, सँबिधान लेख्न र सँघिय लोकतान्त्रीक गणतन्त्रको सँस्थागत बिकाश गर्नका लागी गुटवन्दीमा नलागि सवैभएर राष्ट्रिय सहमतीको सरकार गठन हुनुपर्ने कुरामा जोड दिएको छ । यसै शिलसिलामा देशमा राष्ट्रिय सहमतीको सरकार हुंदा संघात्मक शासन व्यवस्था अंगीकार गर्ने तथा लिम्बुवान स्वायत्तताको वकालत गर्नेहरुलाई मित्रशक्तिको रुपमा सहयोग गर्दै जाने निर्णय समेत गरेको छ । एक मधेस एक प्रदेश तथा भारत परस्त राजनिती गर्नेहरुको पनि भर्सना गरेको छ । यसैगरी पार्टी सुदृढीकरण र सँगठन बिस्तार तथा विविध राजनैतिक कार्यको लागी अगस्त अन्तिम हप्तातिर पार्टी अध्यक्ष दिल पालुङ्गवा लिम्वुलाई नेपाल पठाउने निर्णय लिरामोले गरेको छ ।

No comments: