News

Aug 19, 2010

विद्यालय भत्किँदा १७ बालबालिकाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देहरादुन, भदौ २,भीषण वर्षाका कारण उत्तरी भारतको उत्तराखण्ड राज्यस्थित एक विद्यालय भवन भत्किँदा त्यहाँ अध्ययनरत १७ बालबालिकाको दुखद निधन भएको छ । सो भवनमा थिचिएका ती १७ बालबालिकाको शव पाइएको र अझै थपको समेत मृत्यु हुनसक्ने उद्धार कार्यमा संलग्नहरूले जनाएका छन । विपत्ती व्यवस्थापन अधिकारी पियुस रौतेलाले भने- उद्धारका क्रममा हामीले १७ बालबालिकाको शव निकालिसकेका छौँ र घटनास्थलको प्रकृति हेर्दा सो भग्नावशेषमा विद्यालयका कर्मचारी र शिक्षक पनि थिचिएको हुनसक्ने देखिन्छ । एकतले सो भवन भारी वर्षासँगै भत्किएको थियो । सो घटनाको उद्धारकार्य जारी रहेको बताइएको छ । सो विद्यालयमा ३५ जना विद्यार्थी, छ शिक्षक र अन्य कर्मचारीहरू कार्यरत रहेको स्थानीयले जनाएका छन् । रौतेलाका अनुसार भारी र अविरल वर्षाका कारण उत्तराखण्डमा घर भत्किने क्रम केही दिनयतादेखि निरन्तर रहेको छ ।

No comments: