News

Aug 16, 2010

पपगायिका रिहाना ट्याटु-प्रेमीका रूपमा कहलिए



लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ पपगायिका रिहाना ट्याटु-प्रेमीका रूपमा कहलिएकी छिन् । उनले हालै आफ्नो गर्दनमा १५औँ ट्याटु बनाएकी छिन् । २२ वर्षीया गायिका रिहानाले यसअघि पनि आफ्नो शरीरका विभिन्न अंगमा ट्याटु खोपाइसकेकी छिन् । रिहानाको गर्दनमा खोपिएको ट्याटुमा फ्रेन्च भाषाको शब्द लेखिएको छ । जसको अर्थ अरंग्रेजीमा फ्लावर रिबेल (विद्रोही फूल) हुन्छ । उनको ट्याटु-प्रेम देखेर मान्छेमाझ रिहानालाई ट्याटु खोपाउने लत लागेको चर्चा चल्न थालेको छ ।

No comments: