News

Aug 31, 2010

संघीय मञ्चका अध्यक्षसँग राष्ट्रपतिको भेट : समसामयिक छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/ डीबी आङबुङ
भाद्र १४, २०६७,सम्मानीय राष्ट्रपति रामवरण यादव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन 'मिराक' सभासद माननीय रुकमिणी चौधरी थारु र थरहट स्वायत्त राज्य परिषदका अध्यक्ष योगेन्द्र थारुबीच राष्ट्रपति भवनमा मिति २०६७ भाद्र १४ गते दिनको ३ बजे भेटघाट सम्पन्न भयो । सो भेटमा प्रधानमन्त्रीको निर्वाचन, शान्ति र संविधान बारे कुराकानी भयो । वर्तमान परिवर्तनलाई यसबाट हासिल भएको उपलब्धिलाई संस्थागत गर्न सहयोग पुर्याउनको लागि संघीय माच र यससम्बद्ध थरुहट स्वायत्त राज्य परिषद, तामाङसालीङ स्वायत्त राज्य परिषद, खम्बुवान स्वायत्त राज्य परिषद र संघीय लिम्बुवान राज्य परिषदले शान्तिपूर्ण र सशक्त आन्दोलन बढाइरहेको जानकारी गराइएको कुरा मञ्चका अध्यक्ष लिङ्देनद्वारा प्रेसित विज्ञप्तिमा जनाइएको छ । मञ्च र यससम्बद्ध राज्य परिषदहरु समानुपातिक आधारमा राष्ट्रिय सहमतिको सरकार बनोस् र संघीय गणतन्त्र एवम् धर्मनिरपेक्ष राज्य नेपालको संविधान लेखन कार्य पूर्ण होस् भन्ने पक्षमा रहेको छ । लिम्बुवान, खम्बुवान, तामाङसालीङ, नेवाः, मैथिल, थरुहट, तमुवान, मगरात र खसानलगायतका स्वायत्त राज्यहरुको निर्माण आई. एल. ओ. महासन्धि १६९ को तुरुन्त कार्यान्वयन र राज्यको हरेक क्षेत्रमा जातीय समानुपातिक आधारमा प्रतिनिधित्व गरिनुपर्दछ भन्ने पक्षमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च रहेको बारे राष्ट्रपतिलाई अवगत गराएको जानकारी विज्ञप्तिमा जनाइएको छ ।

No comments: