News

Aug 26, 2010

अमेरिकाको सीमाक्षेत्रमा ७२ जना आप्रवासीको आमहत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मेक्सिको सिटी,अमेरिकाको सीमाक्षेत्रसँग जोडिएको एक स्थानीय सहरमा ७२ जना आप्रवासीको आमहत्या भएको छ ।एकजना सख्त घाइते आप्रवासी व्यक्ति उधृत स्थानीय सैनिक चेकपोष्टमा आई उजुरी गरेपछि नौ सेनाको एक टोली घटनास्थलमा पुग्दा त्यहाँ विभत्स दृष्य देखेको थियो ।५८ जना पुरुष तथा १४ जना महिलाको शव एकमाथि अर्को गरि चाङ् लगाइएको थियो । उजुरी गर्ने ती आप्रवासीका अनुसार मेक्सिकाली लागुपदार्थ तस्करको कुख्यात तथा शक्तिशाली समूह ‘जेटास’ ले सो आमहत्या गरेको हो ।जेटास समूह भूतपूर्व मेक्सिकाली भगौडा सैनिकले गठन गरेको र सो समूहले आफ्नो अखडा क्षेत्र हुँदै आवतजावत गर्ने जो कोहीसँग पनि जबरजस्ती पैसा असुली गर्दै आएको कुरा जनाइएको छ ।घटनास्थल अमेरिकाको टेक्सास राज्यको बाउन्सभिल नगरबाट १ सय ६० किलोमिटर मात्र टाढा रहेको छ ।मृतकहरुमा मेक्सिकोमा कामको खोजी गर्न ब्राजिल, इक्वेडर, एल साल्भाडोर र होण्डुरसबाट आएका आप्रवासीहरु रहेका छन् ।मेक्सिकोमा हिंसा, हत्या, लुटपाट, डकैती भइरहने गर्दछ तर यो घटना यस वर्षको सबभन्दा भयावह आमहत्याको रुपमा देखा परेको छ ।

No comments: