News

Aug 14, 2010

संघीय यूवा परिषद सुनसरी जिल्ला गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,सुनसरी
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका प्रवक्ता छवि सङबाङफेको प्रमुख आतिथ्यमा संघीय यूवा परिषद, सुनसरी, गठन भएको छ । संघीय गणतन्त्र र पहिचान सहितको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्दै लिम्बुवान स्वायत्त राज्य स्थापनार्थ पार्टीको नीति, निर्देशन र मार्गनिर्देशमा संचालन परिचालन हुनेगरि गठित यूवा परिषद क्रियाशील रहने छ । मुलुकको विषम राजनीतिक परिस्थितिको ठोष मुल्याङ्कन गर्दै राज्यको हरेक निर्णायक तहमा आदिवासी जनजाति, महिला, मुस्लिम, मधेसी लगायतका वर्ग तह र तप्काका उत्पीडित जनताको सहभागिता र पहुँच स्थापना गर्न पार्टीले लिएको लक्ष्य उद्देश्य प्राप्त गर्न नवगठित सुनसरी जिल्ला यूवा परिषद सक्रिय रहनु पर्ने विचार व्यक्त गर्दै निर्वाचित पदाधिकारीहरुलाई पार्टी प्रवक्ता छवि सङबाङफेले शुभकामना र धन्यवाद ज्ञापन गर्नु भयो । शिक्षा, रोजगारी र समाज तथा राष्ट्र बिकासका लागि सबै यूवाहरु राजनीतिक प्रक्रियामा समावेस भएर जानुपर्छ भन्दै केन्द्रीय सदस्य तथा सुनसरी जिल्लार् इन्चार्ज राम मगरले सबै निर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिनु भयो । उक्त सुनसरी जिल्ला यूवा परिषद गठनको संयोजन जिल्ला परिषद सदस्य सन्देश श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष सुनिल तामाङले गर्नु भएको थियो । वृहत छलफलपश्चात निम्नलिखित पदाधिकारीहरु रहेको संघीय यूवा परिषद सुनसरी जिल्ला समिति गठन भएको छ ।
१. अध्यक्ष : सुवास आलेमगर
२. उपाध्यक्ष : सञ्जु पाख्रिन
३. सचिव : यशु लिम्बू
४. सहसचिव : आलोक गुरुङ
५. कोषाध्यक्ष : सागर लिम्बू
६. सदस्य : पुरण गुरुङ
७. ,, : आर.के. राउत
८. ,, : सन्तोष लिवाङ
९. ,, : अमित ठकुरी
१०. ,, : अण्डु रार्इ
११. ,, : सुमन मगर

No comments: