News

Aug 20, 2010

भदौ ७ गते पनि प्रधानमन्त्रीको चयन नभए उम्मेद्वारी फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एकीकृत नेकपा माओवादी का सचिव सीपी गजुरेलले भदौ ७ गते पनि प्रधानमन्त्रीको चयन हुन नसके आफ्नो पार्टीले त्यसपछि उम्मेद्वारी फिर्ता लिने जानकारी दिनुभएको छ। उहाँले राष्ट्रिय सहमतिका लागि एमालेको प्रस्तावप्रति आफ्नो पार्टी सहमत भएको भन्दै सहमतिमा जान कांग्रेस पनि तयार हुनुपर्छ भन्नुभयो। रिपोर्टस क्लबमा बिहीबार बोल्दै सचिव गजुरेलले बहुमतको प्रधानमन्त्री चयन गर्न यति गाह्रो होला भन्ने नसोचिएको तर भारतले गर्दा यस्तो स्थिति उत्पन्न हुन गएको दाबी गर्नुभयो।कांग्रेसका प्रवक्ता अर्जुननरिसंह केसीले एमाले तटस्थ बसेर संसदीय व्यवस्थालाई कमजोर पार्न खोजेको आरोप लगाउनुभयो। एमालेका नेता भीम आचार्यले राष्ट्रिय सहमतिका लागि एमालेको निर्णय नै उपयुक्त हो भन्नुभयो। फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले सहमति नभएसम्म अब मधेसवादीले मतदान नगर्ने बताउनुभयो।

No comments: