News

Aug 30, 2010

चिनिया उपप्रधानमन्त्री नेपाल आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ १४,चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हे योङ २१ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै भदौ अन्तिममा साताव्यापी भ्रमणमा आउँदैछन्। चिनियाँ प्रोर्टोकलमा उनको हैसियत उपप्रधानमन्त्री सरह हुन्छ। तीन वटै प्रमुख दलका नेताहरू विभिन्न समय चीन गएका बेला दिएको निम्तो मान्न उनी आउन लागेका हुन्। उनले भदौ २४ देखि ३१ सम्म नेपाल भ्रमण गर्नेछन्। हे चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय समिति सचिवालय सदस्य समेत हुन्।
भ्रमणका क्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने परराष्ट्रका एक अधिकारीले बताए। उनका अनुसार हे सरकारी नभई दलका नेताको निम्तोमा आउने भ्रमणको चाँजो भने परराष्ट्रले मिलाएको छैन। 'उपप्रधानमन्त्री हैसियताका नेता आउने भएकाले हामीले सुरक्षा र प्रोटोकल व्यवस्थाका लागि पहल गरेका मात्र हौं' उनले भने, 'भ्रमणका अन्य एरेन्जमेन्ट सरकारको होइन।'माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितका नेता, एमाले अध्यक्ष झलनाथ खनाल र नेपाली कांग्रेसका नेताहरूको चीन भ्रमणका क्रममा उनीहरूले चीनबाट पनि केन्द्रिय तहका नेताको भ्रमणका लागि निम्तो दिएको स्रोतले बतायो।

No comments: