News

Aug 28, 2010

जलवायु परिवर्तन अनुसन्धान गोष्ठी सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ललितपुर,राष्ट्रिय योजना आयोगका सदस्य डा. दिनेशचन्द्र देवकोटाले जलवायु परिवर्तनको विश्वव्यापी समस्याबाट नेपाल पनि प्रभावित बनेको सन्दर्भमा यसबाट सिर्जित समस्याको न्यूनीकरणतर्फ लाग्नुपर्ने खाँचो औंल्याउनुभयो ।इन्जिनियरिङ अध्ययन संस्थान, ऊर्जा अध्ययन केन्द्रद्वारा आयोजित जलवायु परिवर्तन अध्ययन तथा अनुसन्धान विषयक कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले जलवायु परिवर्तनले पार्ने असरका बारेमा प्राज्ञिक संस्थाहरूले अनुसन्धानमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।इन्जिनियरिङ अध्ययन संस्थानका डीन डा भरतराज पहारीको अध्यक्षतामा भएको सो गोष्ठीमा ऊर्जा अध्ययन केन्द्रको निर्देशक डा त्रिरत्न बज्राचार्यले जलवायु परिवर्तनजस्तो सम्बेदनशी विषयमा खोज अनुसन्धान गर्नसक्ने जनशक्ति तयार गर्नुपर्नेमा जोड दिनुभयो ।गोष्ठीको प्राविधिक सत्रमा वातावरण मन्त्रालयका सहसचिव वटुकृष्ण उप्रेतीले जलवायु परिवर्तन क्षेत्रमा सरकारको कार्यक्रम, उपलब्धि र योजना, प्राक्टिकल एक्सन नेपालका गेहेन्द्रबहादुर गुरुङले जलवायु परिवर्तनको विषयमा भएको अनुसन्धान गतिविधि र इन्जिनियरिङ अध्ययन संस्थानका प्रा डा भक्तबहादुर आलेले जलवायु परिवर्तनको विषयमा अहिले भइरहेको शैक्षिक कार्यक्रमको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

No comments: