News

Aug 24, 2010

बुद्ध एयरले सोमबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ८ - आन्तरिक हवाई सेवामा सबैभन्दा ठूलो हिस्सा ओगटेको बुद्ध एयरले सोमबारदेखि अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । १८ सिट क्षमताको विचक्राफ्ट १९०० डी जहाजले त्रिभुवन विमानस्थलबाट भुटानको पारोका लागि सोमबार बिहान ११ बजे पहिलो उडान गरेको थियो । यससूगै बुद्ध एयर भुटानको पारोका लागि नियमित उडान गर्ने पहिलो अन्तर्राष्ट्रिय कम्पनी बनेको छ । हालसम्म ड्रयुक एयरबाहेक कुनै पनि अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गरेका छैनन् । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने बुद्ध निजी क्षेत्रको पाँचौं कम्पनी भएको छ । यसअघि नेकोन, एयर नेपाल इन्टरनेसनल, कस्मिक र यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान थालेका थिए । तर कुनै पनि दिगो हुन सकेनन् । १३ वर्षअघि सन् १९९७ मा एउटा विचक्राफ्टबाट नेपाली आकाशमा हवाई सेवा सुरु गरेको बुद्ध एयरले लामो तयारीपछि अन्तर्राष्ट्रिय सीमापार उडान थालेको जनाएको छ ।

No comments: