News

Aug 25, 2010

अध्यक्ष दाहालविरुद्ध भट्टराई र वैद्यको छुट्टाछुट्टै प्रतिवेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भाद्र ९ - माओवादी अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन विरुद्ध उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईले आफ्नो छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् । बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको बैठकमा उपाध्यक्षद्वय बैद्य र भट्टराईले छुट्टा छुट्टै राजनीतिक प्रतिवेदनले पेश गरेका हुन् । दाहालको राजनीतिक प्रतिवेदन विरुद्ध उपाध्यक्षद्वय बैद्य र भट्टराईले पार्टीको भावि कार्यदिशा र नीति प्रस्तुत गरेको बताइ पनि पार्टी प्रवक्ता दीनानाथ शर्माले फरक नभएर पूरक प्रस्ताव भएको दाबी गरे । बैठकपछि प्रवक्ता शर्माले अध्यक्ष दाहालले बुँदागत रुपमा आफ्नो प्रतिवेदन पेश गरको जानकारी दिए । त्यस्तै उपाध्यक्षद्वय बैद्य र भट्टराईले लिखितरुपमा आफ्नो प्रस्ताव पेश गरेका थिए । दाहालले तीन 'स' अथवा सडक, सदन र सकारको मोर्चालाई प्रयोग गरेर शान्ति र संविधानम निर्माण लाग्नु पर्ने बैठकमा उल्लेख गरेको प्रवक्ता शर्माले बताए । अध्यक्ष दाहाल, उपाध्यद्वय बैद्य, भट्टराई आफ-आफ्नो लाइन पारित गराउने कसरतमा जुटेका छन् । माओवादीमा केही समयदेखि भावि राजनीतिक कार्यदिशा, भारतलाई हेर्ने दृष्ट्रिकोण, सरकार निर्माण र जनविद्रोह बारे अन्तरविरोध हुँदै आएको छ ।
उपाध्यक्ष भट्टराई शान्ति र संविधानसभाका उपलब्धीलाई संस्थागत गर्दै अग्रगामि कार्यनीतिको पक्षमा अडिग रहदै आएका छन् । जनविद्रोह परिस्थति अनुसार अनुकूल नभएको भन्दै केही समयलाई परसार्न पर्ने उनले पार्टीभित्र धारणा राख्दै आएका छन् । उपाध्यक्ष बैद्य 'जनविद्रोह'को विकल्प नभएको भन्दै त्यसको तयारीमा जुटन पर्ने बताउँदै आएका छन् । साउनको अन्तिम साता सुरु भएको केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निर्वाचन जारी रहेकाले बीचमै स्थगित गरिएको थियो । अर्को बैठक बिहीबार बस्ने बताइएको छ ।

No comments: