News

Aug 29, 2010

नुवाकोटमा हावाबाट बिजुली निकाल्न सुरु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नुवाकोट/ जिल्लाको तलाखु गाविसमा हावाबाट बिजुली निकाल्न सुरु गरिएको छ । मुलुकभर वर्षभरि नै लोडसेडिङ भइरहेको अवस्थामा गाविसलाई थोरै मात्र भए पनि विद्युत् सुविधा पुर्‍याउने लक्ष्यसहित तलाखु होटल व्यवसायी बलदेव केसीले हावाबाट बिजुली निकालेका हुन् । नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौंको सीमामा पर्ने तलाखुका केसीले नेपालमै पहिलोपटक हावाबाट बिजुली निकालेको दाबी गरे । उनले यस्तो प्रविधि नेपालका अन्य स्थानमा प्रयोग गरिए पनि सफल नभएको बताए ।
नेपालका विभिन्न ३ स्थानमा हावाबाट विद्युत् निकाल्ने परीक्षण गरिए पनि तलाखुमा मात्र सफल भएको उनी बताउँछन् । ९ वर्षअघि ०५८ मा लोटस एनर्जी नामक संस्थामार्फत सो प्रविधि तलाखुमा भित्र्याइएको थियो । हावाबाट निकालिएको बिजुलीले केसीको घरमा १ सय ५० वटा चिम बलिरहेका छन् । साथै, कम्प्युटर, टिभी र पंखासमेत एकैपटक चलाउन सकिने उनी बताउँछन् । समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको तलाखु स्थित केसीको घरको छतमा राखिएको पंखा हावाले घुमाएपछि विद्युत् उत्पादन हुन्छ । बढी उचाइमा हावा चलिरहने भएकाले हावाको संकट नहुने उनको भनाइ छ । हावाबाटै दैनिक २ हजार वाटसम्म विद्युत् उत्पादन हुँदै आएको छ ।

No comments: