News

Aug 31, 2010

आफ्नै सहकर्मी शिक्षकबाट यौन दुव्र्यवहार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुर्खेत, १४ भदौ,सुर्खेतमा एक शिक्षिकाले आफ्नै सहकर्मी शिक्षकबाट यौन दुव्र्यवहार भएको आरोप लगाएकी छिन् । चन्द्र-सूर्य प्राथमिक विद्यालय कुकुरखाले लेखपराजुलकी शिक्षिका नैना शाहीले आफूमाथि विश्वज्योति प्राथमिक विद्यालय लेखपराजुल- ६ सुर्खेतका शिक्षक नारायणप्रसाद शर्माले हातपात गरेको बताएकी हुन् । ११ भदौमा आफू विद्यालयबाट घर जानेक्रममा शिक्षक शर्माले छिन्चुखोला र खोचेखोलाबीचमा हातपात गरेको उनको दाबी छ । ११ गते भएको घटना भए पनि न्यायका लागि धेरै ठाउँ धाएकी, तर अहिलेसम्म कहीँ-कतैबाट न्याय नपाएको शाहीले बताइन् । उनले भनिन्, 'अहिले मैले उल्टो शिक्षकबाटै ज्यान मार्ने धम्की पाइरहेकी छु ।' आपनै सहकर्मी शिक्षकले हातपात गरेको भन्दै उनी प्रहरीचौकी गएकी थिइन् । हातपात गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले शिक्षकलाई कारबाही गर्न दबाब दिन विभिन्न संघ-सस्थासँग गुहारेकी छिन् ।

No comments: