News

Aug 24, 2010

दुबईमा पनि नेपालीलाई मृत्युदण्ड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
दुबई, भाद्र ८ - संयुक्त अरब इमिरेट्सको एक अदालतले एक नेपालीलाई मृत्युदण्ड सुनाएको कुरा नेपाली राजदूतावास अबुधाबीले मंगलबार अपरान्ह जारी गरेको एक प्रेस विज्ञप्तीबाट खुलासा भएको छ । यसअघि कुवेत र कतारमा नेपालीलाई मृत्युदण्ड सुनाएको खबरले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध तुल्याएकोमा अब दुबईमा पनि अर्को नेपालीको मृत्युदण्डको खवरले दुखी बनाएको छ । मृत्युदण्डको फैसला सुनाई सन् २००३ देखि नै दुबईको सेन्ट्रल जेलमा राखिएका उक्त व्यक्ति धारी गा.बि.स. दार्चुलाका अमरबहादुर बम हुन् । उनलाई एकजना भारतीय नागरिकको हत्याकाण्ड प्रकरणमा दुइ जना भारतीयसँगै मृत्युदण्ड सुनाइएको बिज्ञप्तीमा उल्लेख छ । मृत्यदण्ड सुनाइएको अभियुक्तका अनुसार उनले हत्याराहरुको सवारी चालकको रूपमा काम गरेका थिए । आफू हत्यामा प्रत्यक्ष संलग्न नरहेको र हत्या हुनुपूर्व र हत्याको तत्कालपश्चात् पनि सोको बारेमा अनविज्ञ रहेको कुरासमेतको निवेदन उनले नेपाली दूतावासमा दिएका छन् । बिज्ञप्तीमा भनिए अनुसार उनी भाषाको समेत कठिनाइका कारण परिबन्दमा परेका हुन् ।

No comments: