News

Aug 25, 2010

कांग्रेस र एमालेद्वारा सहमतिमा जोड

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रिय सहमति बनाएर वर्तमान राजनीतिक सङ्कटबाट निकास खोज्न नेपाली काँग्रेस र नेकपा (एमाले)का शीर्ष नेताबीच बुधबार काँग्रेस केन्द्रीय कार्यालय सानेपामा छलफल भएको छ ।एमालेले प्रस्तुत गरेको सातबुँदे अवधारणाका सम्बन्धमा सो अवसरमा व्यापक छलफल भएको थियो । एमालेले संविधान निर्माण, शान्ति प्रक्रिया कार्यान्वयन, सेना समायोजन, विगतका प्रतिबद्धता कार्यान्वयन, विभिन्न आयोग गठन, शान्ति सुव्यवस्था सुदृढीकरण, सत्तासाझेदारी र उम्मेदवारी फिर्तासम्बन्धी सातबुँदे अवधारणा छलफलका लागि अघि बढाएको छ ।नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एमालेको अवरधारणामा नेपाली काँग्रेसलगायतका दलका भावना प्रतिबिम्बित भएको र त्यसलाई साझा सहमतिका रुपमा विकास गर्ने प्रयास भएको बताउनुभयो ।“साझा सहमति बनाएर राजनीतिक निकास खोज्न छलफल जारी रहन्छ,” अध्यक्ष खनालले संवाददातालाई भन्नुभयो । काँग्रेसले भने एमालेले प्रस्तुत गरेको सातबुँदे अवधारणापत्रका छ बुँदासम्मका धारणामा ठीकै भए पनि उम्मेदवारी फिर्ता लिने सातौंँ बुँदामा असहमति व्यक्त गरेको छ ।

No comments: