News

Aug 21, 2010

एउटै गाउँमा एड्सबाट सातको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
परासी,नवलपरासी जिल्लासँग सीमा जोडिएको एक गाविसको एउटै गाउँका सात व्यक्तिको एचआइभी/एड्सबाट भएको मृत्युले अहिले पूरै गाउँ नै शोकमा डुबेको छ ।रोजगारीको सिलसिलामा भारत गएका भिरकोट गाविस-३ का मीनबहादुर आलेमगर, दुर्गाबहादुर वोन्टाङेमगर, दुर्गाबहादुर परियार, सन्तबहादुर ठाडामगर, भिरकोट-५ का सन्तबहादुर विश्वकर्मा र भिरकोट-७ का कबराज विश्वकर्मा र उनकी श्रीमतीको हालै एचआइभी/एड्सबाट मृत्यु भएपछि गाउँ शोकमग्न भएको पूर्व शिक्षक खमबहादुर विश्वकर्माले बताउनुभयो ।नवलपरासीसँगै सीमा जोडिएको तनहुँको भिरकोट गाविसका थुप्रै बासिन्दा घरको आर्थिक अवस्था कमजोर भएका कारण परिवारको गुजारा टार्न भारतको विभिन्न सहरमा रोजगारीका लागि जाने गरेका छन् ।यहाँका धेरै युवायुवती कामको सिलसिलामा भारतको विभिन्न सहरमा जाने गरेका छन् भने यो प्राणघातक रोगबाट संक्रमित हुनेहरुको संख्या अपत्यारिलो किसिमले बढिरहेको छ ।

No comments: