News

Sep 10, 2011

सरकारले अल्पकालीन 'राहत कार्यक्रम २०६८'घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारले जनतालाई तत्काल राहत दिने उदेश्यले अल्पकालीन 'राहत कार्यक्रम २०६८'घोषणा गरेको छ । प्रधानमन्त्री डाक्टर बाबुराम भट्राईले आफ्नै कर्यकक्षमा पत्रकार सम्मेलन गरि राहतका कार्यक्रम घोषणा गर्नुभएको हो । मन्त्रिहरु र नेपाल सरकारकासचिवहरु समेत उपस्थित गराएर गरेको राहत घोषणा अर्थमन्त्री वर्षमान पुनले पढेर सार्वजनिक गर्नुभएको थियो । राहत कार्यक्रमको घोषणा पछि प्रधानमन्त्री डाक्टर वावुराम भट्टराईले राहत कार्यक्रम जनताको दैनिक जिवनसंग जोडिएको विषय भएकोले यसको प्रभावकारी कार्यान्व्यन गरिने बताउनुभयो । प्रधानमन्त्री भट्टराईले राहत कार्यक्र कार्यान्वयनको लागी सत्ता साझेदार दल, प्रतिपक्ष दलको पनि सहयोग रहेने आशा व्यक्त गर्नुभयो । प्रधानमन्त्री भट्टराबईले राजनितिक आवरणमा गुण्डा गर्दी गर्नेलाई कुनै पनि हालतमा नछोड्ने दावी गर्नुभयो । राहत कार्यक्रमको अनुगमन मन्त्रालय स्तरमा मन्त्रीस्तरवाट प्रत्येक १५ दिनमा गरी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई उपलव्ध गराउन पनि मन्त्रिहरुलाई निर्देशन दिनुभयो ।
सरकारले घोषणा गरेको राहत कार्यक्रममा सर्वाजनिक सेवा प्रवाहमा सुधार बैङ्किङ सेवा, लोडसेडिङ , रोजगारी तथा श्रम सम्वन्धका विषयमा पनि राहत कार्यक्रा ल्याएको छ । सरकारको राहत कार्यक्रममा संक्रमणकालीन व्यवस्थापन, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति र सहुलियत, सुरक्षा व्यवस्थामा सुधार लगायत एघार शिर्षक रहेका छन् । सरकारले घोषणा गरेको तत्कालिक राहत कार्यक्रममा शान्ति सुरक्षा, सुशासन र व्यबस्थित बजारलाई प्राथमिकता दिइएको छ । सरकारले घोषणा गरेको राहत कार्यक्रममा संक्रमणकालीन व्यवस्थापन अन्र्तगत विभिन्न आन्दोलन मारीएका शहिद तथा घाइते परिवारलाई १५ दिन भित्र राहत दिनको लागी निर्देशिका वनाउने उल्लेख छ । यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्वन्धी विधेयक १५ दिन भित्र संसदमा पारीत गर्ने उल्लेख छ । सुशास तथा भ्रष्टाचार नियन्त्रण अन्र्तगत लामो समयदेखि विभिन्न संवैधानिक निकायमा रहेका रिक्त पदपूर्ति गर्ने, १५ दिन भिज्ञ संवैधानिक परिषद् बैठक वोलाउने उल्लेख गरिएको छ । यस्तै, मन्त्रीपरिषद् सदस्य सहित सवै निकायमा आचारसंहिता निर्माण गरी तत्काल लागु गेर्ने उल्लेख गरिएको छ ।
आज घोषणा गरिएको राहत कार्यक्रममा दशै तिहारलाई ध्यानमा राखी बजार अनुगमन, दैनिक उपभोग्य बस्तुहरुको सहज आपुर्ति र वजारको प्रधावकारी अनुगमन गरी कृत्रिम अभाव गेर्नलाई कडा कारवाहि गर्ने निर्देशन दिइएको छ । राहत कार्यक्रममा राजमार्गको सुरषा व्यवस्था प्रभावकारी बनाउन ५० किलोमिटरको दुरिमा क्वीक रेष्पोन्स टिम स्थापना गर्ने, बढी यात्रु र भार बोक्ने सवारीका संचालकलाई कारवाहि गर्ने , आवस्यक ठाउँमा थप ट्राफिक पोष्टको स्थापना गर्ने र सिमानामा सिमा सुरक्षा पोष्ट थप गर्ने रहेको छ ।

No comments: