News

Sep 19, 2011

शसस्त्र समुहको गोली लागी प्रहरी हवल्दारको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ताले बाराको बडकी फुलबरीयामा एकजना प्रहरी हवल्दारलाई गोली हानी हत्या गरेको छ । गोली लागेर हवल्दार रहेश राउतको ज्यान गएको हो । घटना लगत्तै गोली हान्ने जनतान्त्रिकका कार्यकर्तालाई स्थानीय गाउँलेले प्रतिकार गरेर मारेका छन् । टाउकोमा गोली लागेर गंम्भीर घाइते भएका हवल्दार रहेश राउतलाई उपचारका लागि वीरगंज लगिएको थियो । वीरगंजमा उपचार हुन नसकेपछि राउतलाई काठमाडौं ल्याइएको उनको मृत्यु भएको हो । प्रतिकारमा पक्राउ परेका मध्ये अजय भन्ने जयमंगल यादव गाउँलेले चलाएको गोली लागेर मरेको छ । एक जना मिश्री यादव पक्राउ परेका छन् । स्थानीय प्रहरी चौकीमा यादवलाई राखिएको छ । गाउँलेले प्रहरी चौकी घेराउ गरेको छ । उनीहरुको साथबाट गोली लोड भएको दुई थान पेस्तोल बरामद भएको छ । बिहान पौनै ९ मा उनीहरुले हवल्दारलाई गोली हानेका थिए ।

No comments: