News

Sep 17, 2011

मञ्चसम्बद्ध संलिराप प्रवास सम्पर्क समिति कतारको भेला सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/यातुकुमार लिम्बू
सेप्तेम्बर ९, २०११, कतार,प्रवास कतारमा रहेका लिम्बुवानीहरु लाई आफ्नो इतिहास, अस्तित्व, पहिचान र प्यारो घर लिम्बुवानको माया कतिसम्म लाग्दो रहेछ भन्ने कुरा कतारको ४५ डिग्रीको तातो घाम र गर्मिलाई पनि कुनै पर्वाह नगरी सेप्टेम्बर ९ तारिक शुक्रबारका दिन दोहाको जैदा पार्कमा मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास सम्पर्क समिति कतारका पदाधिकारी र सहभागी लिम्बुवान प्रेमीहरुले देखाएको यो धैर्यताले घामझैं छर्लङ्ग बनाएको छ | त्यस्तो चर्को घाममा पनि टसकोमस नभई लिम्बुवानी माया र भावनामा चुर्लुम्म डुबेर वर्तमान नेपालमा चलिरहेको संघीयता र लिम्बुवानी आन्दोलनलाई प्रवासमा रहेर के कस्तो किसिमको सहयोग गर्न सकिन्छ ? साथै, प्रवास सम्पर्क समिति कतारलाई अझ शशक्त र थप सुदृढ गर्न के कस्ता पहलहरु गर्नु पर्छ ? भन्ने कुरामा सो बैठक केन्द्रित रहेको थियो | समितिका निवर्तमान प्रथम उपाध्यक्ष श्री नरेन्द्रकुमार एभेङ्ज्युको अध्यक्षतामा बसेको उक्त बैठक निवर्तमान महासचिव यातुकुमार सङ्बाङ्फेबाट संचालन गरिएको थियो |
बैठकमा सहभागी सम्पूर्ण लिम्बुवानवासीहरुले लिम्बुवान आन्दोलनप्रतिको आफ्नो धारणा, अनुभव र बिचारहरु सेयर गर्नुभएको थियो | विचार आदान-प्रदान गर्ने क्रममा लिम्बुवानप्रेमी श्री बृजहाङ् तुम्रोक र श्री रोशन माबोहरूले लिम्बुवानवादी संगठनहरुमा देखा परेको टुटफुटको समस्याले गर्दा सिंगो लिम्बुवान आन्दोलन र प्राप्तिप्रति नै शंका हुने भएकोले नेतृत्व पंक्तिहरुलाई प्रवासबाट पनि खबरदारी गर्नुपर्ने कुरा औंल्याउनु भएको थियो भने लिम्बुवानी साहित्यानुरागी श्री पूर्ण बेघाले लिम्बुवानवादी नेतृत्व र संगठनहरुलाई सके पार्टी एकता नसके कार्यगत एकता गरेर अघि बढ्नको लागि सुझाव दिनुपर्ने बताउनु भएको थियो |
यसरी नै आफ्नो बिचार राख्ने क्रममा श्री लोकेन्द्र सिगुले मंच सम्बद्ध लिम्बुवान राज्य परिषद लिम्बू पार्टी मात्र नभई सबै जात जाति, भाषा भाषी, धर्म-संस्कृतिको साझा पार्टी बनाएर अघि बढ्नु पर्ने बताउनु भएको थियो | त्यसरी नै श्री कृष्ण कट्टेलले लिम्बुवानी संगठनबाहिर हल्लामा आएजस्तो लिम्बुवादी पार्टीमात्र नभएर सबै जात जातिको उत्तिकै सम्मान गर्ने साझा संगठनको रुपमा रहेको आफुलाई महशुश भएको बताउनु भएको थियो | यस्तै गरेर, लिम्बुवानी आन्दोलनमा सक्रिय भूमिका निभाई सक्नुभएका श्री खजु तुम्बापोले २०६३ असोज १६ गतेको अनिश्चितकालिन लिम्बुवान बन्दमा प्रशाशनको चरम लापर्वाहिले गर्दा आफुसंगैको सहयोद्धा एल भी राजकुमार आङ्देम्बे शहिद हुनु भएको दु:खद अनुभवहरु सेयर गर्नु भएको थियो |यसरी नै बोल्ने क्रममा श्री चन्द्र तुम्बापो र लिम्बुवानमा संस्थापक के.स.समेत रहेर काम गरिसक्नु भएका श्री मदन मादेम्बाले पनि आफ्नो गहकिलो बिचारहरु राख्नु भएको थियो |
साथै, उक्त बैठकले विभिन्न प्रस्तावहरुमाथि ब्यापक छलफल गरी मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास सम्पर्क समिति कतारका संस्थापक अध्यक्ष श्री ललित माबोज्यु कतार नफर्कने गरी लिम्बुवान जानु भएकोले उहाँको रिक्त रहेको अध्यक्षको पद पूर्ति गर्ने सम्बन्धमा सिंगो समितिलाई नै हेरफेर गरि श्री नरेन्द्र कुमार एभेङ्ज्युको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन गरिएको छ |
मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद प्रवास सम्पर्क कार्य समिति कतारका पदाधिकारी तथा सदस्यहरूको बिर्वारण निम्नानुसार छ-
१. अध्यक्ष श्री नरेन्द्रकुमार एभेङ्
२. प्रथम उपाध्यक्ष श्री रुपनन्द तुम्बापो
३. द्वितीय उपाध्यक्ष श्री यतुकुमार सङ्बाङ्फे
४. महासचिव श्री देउकुमार नेम्बाङ्
५. सहसचिव श्री गंगा आङ्बुहाङ्
६. कोषाध्यक्ष श्री डिल्लीबिक्रम थाम्सुहाङ्
७. सहकोषाध्यक्ष श्री बिमल सिगु
८. सदस्य श्री पूर्णहाङ साँवा
९. सदस्य श्री विजय लक्सम
१०. सदस्य श्री सुजन पारघरी
११. सदस्य श्री मदन मादेम्बा
१२. सदस्य श्री चन्द्र तुम्बापो
१३. सदस्य श्री कुमार तुम्बापो
१४. सदस्य श्री रोशन माबो
१५ सदस्य श्री श्यामसुहाङ् हुक्पा चोङ्बाङ्
१६. सदस्य श्री बृजहाङ् तुम्रोक
१७. सदस्य श्री मेहेरमान आङ्देम्बे
१८. सदस्य श्री मिलन लिम्बु
१९. सदस्य श्री नन्द लोवा
२० .सदस्य श्री गुन्जन माङ्लाक
२१. सदस्य श्री एकेन्द्र खजुम
२२ सदस्य श्री खजु तुम्बापो
२३. सदस्य श्री अमर देवान
२४. सदस्य श्री कृष्ण कट्टेल
२५. सदस्य श्री लोकेन्द्र सिगु

No comments: