News

Sep 10, 2011

आफ्नो फेसबुक वाललाई पपुलर बनाउने पाँच उपाय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आफ्नो फेसबुक वाललाई पपुलर बनाउने सोचमा हुनुहुन्छ? फेसबुकको पपुलारिटी लाइक र वाहवाहीको कमेन्टमा मापिने कुरा त फेसबुकका नौसिखियालाई पनि थाहा हुने भइसक्यो। तर कसरी साथीहरुबाट लाइक र कमेन्ट धेरैभन्दा धेरै बटुल्ने त? सयौँको भीडमा ध्यान आकर्षित गर्न सजिलो छैन। ध्यान तान्न पाँच वटा उपाय हामी यहाँ सुझाउँदैछौँ।
१) कुराकानीमा जोड दिनुस्
कुनै रोचक विषय उठान गर्नुस् र त्यसमा आएका साथीहरुका कमेन्टलाई व्यक्तिगत रुपमा जवाफ फर्काउनुस्। तपाइँका साथीहरुलाई तपाइँले उनीहरुको कमेन्ट ध्यान दिएर पढ्नुभएको छ भन्ने पार्नुस्। अफिसमा छु,, मेरो कुकुर कति राम्ो जस्ता स्टायटस नराख्नुस्। धेरैजसो मान्छे दिउँसो अफिसमा नै हुन्छन् र तपाइँको जस्तो कुकुर धेरैसँग हुन्छ।
२) ओरिजिनल हुनुस्
कसैको राम्रो महावाणी टपक्क टिपेर पेस्ट गर्दैमा खुब ठूलो काम गरेको नठान्नुस्। तपाइँलाई राम्रो लागेको महावाणी सबैलाई राम्रो लाग्नै पर्छ भन्ने के छ? ओरिजिनल हुनुस्, विषयवस्तुलाई फरक ढ्रगले हेर्नुस्, क्रियटिभ र ओरिजिनल हुनुस्।
३) सकारात्मक हुनुस्
सकारात्मक हुनका लागि कर्ण शाक्यको सोच किताब पढ्नै पर्छ भन्ने छैन। फेसबुक टिमले नै गरेको शोधका अनुसार नकारात्मक पोस्टमा बढी कमेन्ट र सकारात्मक पोस्टमा बढी लाइक हुने गर्छ। तपाइँलाई कान रातो बनाउने तातो बहस चाहिएको कि वाहवाही चाहिएको, आफै विचार गर्नुस्।
४) बुझिने भाषा प्रयोग गर्नुस्
फेसबुक साहित्यकारले मात्र बुझ्ने भाषा प्रयोग गर्ने ठाउँ हैन। न दुई अर्थी भाषा प्रयोग गर्ने ठाउँ नै हो। सबले बुझ्ने सरल भाषा प्रयोग गर्नुस्।
५) 'म' र 'मेरो' हैन 'तिमी' र 'तपाइँ'
अंग्रेजी शब्दहरुमा गरिएको अनुसन्धानले आई र मिको सट्टा यु शब्द बढी लोकप्रिय देखाएको छ। त्यसैगरी हि र सि पनि बढी लोकप्रिय देखियो।

No comments: