News

Sep 13, 2011

प्रधानमन्त्री भट्टराई र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, भाद्र २७ - संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने क्रममा प्रधानमन्त्री बाबुराम भट्टराईले भारती समकक्षी मनमोहनसिंह भेटवार्ता गर्ने भएको छ । भट्टराईले अन्य क्षेत्रीय नेताहरुसंग पनि महासभाको साइडलाइनमा भेटवार्ता गर्नेछन् । भारतीय प्रधानमन्त्री सिंह यही सेप्टेम्बर २२ देखि २६ सम्ममा महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघीय मुख्यालयमा रहनेछन् । 'अन्य धेरै दुई पक्षीय छलफलहरुसंगै नेपाल प्रधानमन्त्रीसंग पनि प्रकृयामा छ' श्रोतले भने । भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री भट्टराईका साथै श्रीलंकाली राष्ट्रपति महिन्द राजपाक्षेसंगको साइडलाइन भेटवार्ता पनि तय भइसकेको उल्लेख गरेका छन् । तर, पाकिस्तानी प्रधानमन्त्री युसुफ गिलानीसंगको भेटवार्ताका सम्बन्ध छलफल जारी रहेको उल्लेख गरिएको छ ।

No comments: