News

Sep 16, 2011

कोरियामा नाचेरै बित्यो छुसक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देबेन्द्र सम्बाहाम्फे
आइतबार सोमबार र मंगलबार गरि तीन दिने कोरियन छुसक पर्बले सियोललाई नेपालीमय बनाएको थियो । तीन दिनका चार सांस्कृतिक कार्यक्रमहरुमा यहाँ रहेका नेपालीहरुले मौलिक गीत संगीत,नृत्य र हाँस्य प्रहसनहरुबाट भरपुर मनोरन्जन लिए । सिन्दुरिमको डेक्यूब आर्ट सेन्टरमा राजेश पायल राइले गीत गाउन थालेपछि हल त्यसै त्यसै उचालियो । उता सङबुक हलमा गायिका मुना थापा मगरले काठमाणडौमा डेरा नपाएको गुनासो गीतबाटै पोख्न थालेपछि डेरा होइन कोरियाको वनले किनेको घरै जिम्मा दिन खोज्ने लर्केहरुको हुल हुत्तीन्दै स्टेजसम्म पुगेको थियो । सोमबार कास्केली माछापुच्छ्रे सौगातमा जिरे खुर्सानीका किरण के सी र शिवहरि पौडेलको प्रस्तुतिहरुले पेट मिचीमिची राल सिगान भएकाहरु चितवन धमाकामा गायिका कोमल वलीको वर हुन तमासा गरिरहेका थिए । चितवनबाट कोरिया आएर समाज सेवा र ब्याबसाय गरिरहेका मनोज कार्की यो तमासा र धमाका हेरेर दङगदास बने । सधैं कोरियनहरुको पाली पाली (छिटो छिटो )ले दिक्क भएका नेपालीहरु गायक प्रमोद खरेलको “मेरो प्यारो नेपाल“ गीत सुनेर धेरै भावुक बने तिनै राष्ट्रप्रेमीहरु निमा रुम्बा र रामचन्द्र पौडेल संगभने डिस्को पारामा जीउ बटारी रहेका थिए । त्यतिमात्र होइन यसपालिको छुसकमा लोक गायक धन गुरुङ निशा सुनुवार मान्धावी त्रिपाठी र नायिका सोनिया के सी,सबनम गुरुङ,ऋचा घिमिरे सोनाम गुरुङसंग कम्मर मर्काइ मर्काइ नाच्नेहरु पनि कम थिएनन् । अर्कोतिर कोरियन किम्ची धेन्जाङ र ल्याउ झ्याउबाट वाक्क भएकाहरु तुङदेमुन ,याङदोम्फु इन्छनजस्ता शहरहरुमा रहेका नेपाली रेस्टुरेन्टभरी नान,दल,भात,तरकारी थपी थपी खाइरहेका थिए । नेपाली चिउरा ,चाउ चाउ ,मसला ल्वाङ सुपारी बेच्न नेपाली पसलका सहुजीहरुलाई भ्याइ नभ्याई थियो । नेपालीहरु साच्चै जहा रहे पनि आफ्नो मौलिकतालाई धेरै प्रेम गर्दारहेछन् भन्ने कुरा घाम छर्लङग देखिन्थ्यो । मंगलबार अपरान्हपछि चाहिं ट्रेन स्टेसन र बस टर्मिनलहरुमा बाताबरण केहि नरमाइलो बन्यो । पुसान,उल्सान,थेजन,थेगु फर्कन लागेका साथीभाइलाई बिदाइ गर्नेहरुको आखा रसाइरहेको थिए । कोहि अगालोमा बाधिएर बाचा गर्दै थिए – "आउदो सलनालमा भेटेर फेरी उसरी नै नाचौं है ।"

No comments: