News

Sep 12, 2011

तान्जानियाको फेरि दुर्घटनामा मर्नेहरुको संख्या दुई सय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
तान्जानियाको जान्जीवारमा हिजो साझ भएको फेरि दुर्घटनामा मर्नेहरुको संख्या दुई सय नाघेको छ ।आठ सय भन्दा बढी यात्रु बोकेर गइरहेको फेरि दुर्घटनाबाट तीन सय २५ जनाको जीवितै उद्धार गरिएको प्रहरीले बताएका छ । उद्धार गरिएका मध्ये कम्तिमा ४० जनाको अबस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । फेरिमा रमजानको विदा मनाएर फकिरहेका यात्रुहरु रहेका थिए । दुर्घटना लगत्तै तान्जानियाको सरकारले उद्धार कार्यलाई तीव्र बनाएको थियो । तान्जाजियाले छिमेकी मुलुक केन्या, दक्षिण कोरिया लगायतका देशस“ग मानवीय सहयोगका लागि समेत आग्रह गरेको थियो ।

No comments: