News

Sep 10, 2011

संयुक्त जातीय मुक्ति मोर्चा नेपालद्वारा भदौ २६ गते आम हडतालको घोषणा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रस्तुत विषयमा नेपाल सरकारले मिति ०६८ असार १६ गते यस संयुक्त जातीय मुक्ति मोर्चा नेपाललाई वार्ताको विषय भन्ने पत्र पठाई शान्तिपूर्ण वार्तामा आउन आह्वान गरेपश्चात मोर्चाले शान्तिपूर्ण वार्ताको वातावरण सृजना गर्न गत असार २१ गते विद्रोहका कार्यक्रम स्थगन गरी असार २६ गते मोर्चाका तर्फबाट १५ सदस्यीय वार्ता समिति सार्वजनिक गरी गत साउन २६ गतेबाट सरकार र मोर्चाबीच पहिलो वार्तासमेत बसेको सबैमा जगजाहेर छ । यसै सिलसिलामा पुनः नेपाल सरकार र मोर्चाबीच दोस्रो चरणको वार्ता बस्ने कुराको पहल भइरहेको अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिई मन्त्रीमण्डल रीक्त भएपछि मोर्चाले शान्तिपूर्ण रुपमा आफूले उठान गरेका विषयहरु जनतामा लैजाने र ऐतिहासिक संविधान निर्माणमा जनताको मुक्तिका विषयलाई सुसुचित गराउने क्रममा एकात्मक हिन्दू बाहुनवादी चिन्तन बोकेका राजनैतिक दल र त्यसैबाट ग्रसित सरकार आत्तिएर मोर्चाको प्रचार-प्रसार अभियानलाई बिथोलेर शान्ति वार्तालाई भड्काउने खेल खेलिरहेको कुरा आम उपेक्षित उत्पीडित दलित, मूलवासी, महिला, मुस्लिम, कृश्चियान, अल्पसंख्यक जात-जाति, वर्ग, लिंग, क्षेत्रका जनतामा सूचना प्रवाह गर्दछौं ।
मोर्चा स्थायी शान्ति र संविधान तथा राज्य पुनःसंरचनाको पक्षमा पूर्ण कटिबद्धता रहेको तर शान्तिको नाममा आम जनताको मुक्तिको विषयमा आत्म-समर्पणबाट टाढा रही ४५० वर्षदेखि गुमेको जनताको सम्पूर्ण अधिकारको पक्षमा कटिबद्धता रही न्याय र मुक्तिका लागि जुनसुकै मूल्य चुकाएर भए पनि आम नेपाली जनताको पूर्ण अधिकारको पक्षमा रहने कुरामा मोर्चा प्रतिबद्ध रहने छ । निर्माणाधीन संविधानमा सबै जाति, वर्ग, क्षेत्र, लिंग, धर्म, धर्मावलम्बी, अल्पसंख्यक जनताको मुक्तिका लागि जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक प्रणालीमा राज्यका सबै अंग र निकायमा ग्यारेन्टी गर्नुपर्ने विषयमा सचेत भई यसमा लाग्न र खबरदारी गर्न आम जनतामा अनुरोध गरिन्छ ।
अन्त्यमा मोर्चा र सरकारबीचको पहिलो वार्तापश्चात् जनताबीच व्यापक प्रचार-प्रसार गरी आफूले उठाउँदै आएका मुद्दालाई शान्तिपूर्ण रुपमा प्रचारात्मक ढंगबाट अगाडि बढ्ने र जनतालाई सुचित गराउने क्रममा नेपाल सरकारका तर्फबाट हाम्रा नेता कार्यकर्तालाई धरपकड गर्ने र प्रचार-प्रसारका कार्यमा अवरोध खडा गरी शान्ति भड्काउने खेल खेलिरहेको समेत जानकारी गराइन्छ । यसै सन्दर्भमा काठमाडौंको मूलपानी गाविसबाट हाम्रा कार्यकर्ता दिपक तामाङ, सागर तामाङ र याङ्जी लामालाई पक्राउ गरेको छ भने सुनसरी धरान नगरपालिकामा प्रचार-प्रसारका लागि राखिएको मोर्चाका झण्डा, ब्यानर धरान इलाकाको प्रहरीले उठाएर लगेको र टाँसिएका प्रचार-प्रसारका पर्चासमेत च्यातेर जनतालाई हाम्रा अभियानका प्रचार-प्रसारबाट टाढा राखी सूचना र सन्देशबाट बन्देज लगाउने काम भएको प्रति त्यस प्रकारको कार्यको घोर भत्स्रना गर्दै सुसुचित हुन पाउने जनताको मौलिक अधिकारको सुनिश्चितता र मोर्चाको प्रचार-प्रसार अभियानको अधिकारका लागि नेता तथा कार्यकर्ताको पूर्ण रुपमा सुरक्षाको माग गर्दै निम्न मागहरु राखी हामी आउँदो २६ गते मोर्चाको पल्लो किराँत लिम्बुवान राज्य समिति अन्तर्गतका ९ वटै जिल्ला पूर्ण रुपमा बन्द तथा आम हड्तालको आह्वान गरिन्छ ।
१) प्रचार-प्रसार अभियान निर्वाध रुपमा गर्न पाउनुपर्ने ।
२) प्रचार-प्रसार अभियानमा रहँदा पक्राउ परेका नेता कार्यकर्ताहरुलाई बिनाशर्त तुरुन्त रिहा गरिनुपर्ने ।
३) सुनसरीको धरानमा मोर्चाको झण्डा ब्यानर प्रहरीबाट उठाएको हुँदा सम्मानजनक ढंगबाट सोही ठाउँमा जस्ताको तस्तै राखिनुपर्ने र पर्चा पम्प्लेट च्यातिएकोमा प्रशासनको तर्फबाट माफी मागिनुपर्ने ।
४) मोर्चा र सरकारबीच थालिएको शान्ति वार्तालाई तत्काल अघि बढाउन सरकार जिम्मेवारीका साथ लागि परी निष्कर्षमा पुर् याउनुपर्ने ।
५) मोर्चाका वार्ता टोली संयोजक देवराज लामा विश्वक्रान्ति लाई तत्काल रिहा गरी मोर्चा र सरकारबीचको दोस्रो चरणको वार्तालाई सहज बनाउनुपर्ने ।
६) संयुक्त जातीय मुक्ति मोर्चासँग मोर्चाबन्दीको रुपमा रहेको किराँत जनवादी वर्कस्र पार्टीका संस्थापन पक्षका अध्यक्ष विद्रोही विवश विनेश राई को अवस्था तुरुन्त सार्वजनिक गरिनुपर्ने । उल्लेखित मागका विषयमा सरकार गम्भिर भएर तत्काल सम्बोधन नगरे त्यसबाट उत्पन्न परिस्थितिको विषयमा सरकार स्वयम्ले जिम्मेवारी लिनुपर्ने छ ।
यसैगरी यस मोर्चाका वार्ता टोली संयोजक देवराज लामालगायत सम्पूर्ण बन्दीहरुलाई तत्काल रिहाई गरिनुपर्ने र हाल बन्दी जीवन बिताइरहेका ५४ जना व्यक्तिहरुलाई तत्काल रिहाई गर्नुपर्ने माग मोर्चाले गरेको छ ।
काठमाडौं जिल्ला
१) सेतबहादुर पुन मंगोल रिभेन्ज गु्रप , २) दिलबहादुर बुढा मगर मंगोल रिभेन्ज गु्रप, ३)शेरबहादुर चौधरी, ४) राजेन्द्र बिसंखे, ५) किशोर बिसंखे, ६) निमा तामाङ, ७) अगमशेर राई, ८) रविन राई सुनसरी जिल्ला १) राजेश राई, २) हाङ्छा दिनेश राई, ३) बलबहादुर राई, ४) मेवान राई आदिम, ५) रामचन्द्र राई, ६) हरिचन्द्र राई, ७) तोपराम राई, ८, प्रेम राई, ९) रविन राई, १०) पाण्डव राई, ११) प्रविण श्रेष्ठ
धादिङ जिल्ला
१) देवराज लामा विश्वक्रान्ति, २) पूर्ण तामाङ, ३) सुमन तामाङ, ४) सागर तामाङ, चन्द्रगढी जिल्ला १) दिपक तामाङ, मोरङ र उदयपुर १) शुपेन्द्र राई, २) याक्सा किराँती, ३) दिलकुमार राई, ४) पम्फा किराँती, ५) किरण लामा खोटाङ जिल्ला १) रोशन राई, २) अपिल राई, ३) कुमार राई, ४) सचिन राई, सोलुखुम्बु जिल्ला १) पासाङ शेर्पा, २) रिनजी शेर्पा, ३) अरुण गुरुङ सुमन, ४) पासाङ भाइ, ५)अरुण राई झापा जिल्ला १) बुङहाङ राई, २) धु्रव राई, ३) प्रकाश लिम्बु नवलपरासी जिल्ला १)प्रदीप घर्ती मगर लगायतका व्यक्तिहरुलाई तत्काल रिहाई गरिनुपर्ने ।

No comments: