News

Sep 13, 2011

४ बुँदे सहमतिप्रति नेपाली काँग्रेसका नेताहरुको आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले एकीकृत माओवादी सत्ताकब्जाको रणनीतिमा लागेको आरोप दोहोर्‍याउनु भएको छ । लडाकु र हतियार भएको पार्टीले मुलुकको नेतृत्व गर्नु दुखद भएको भन्दै उहाँले माओवादी र मधेशी मोर्चाबीचको सहमतिले राष्ट्रिय सम्मानमा आँच पुर्‍याएको धारणा राख्नुभयो । मिडिया भिजनले आज राजधानीमा गरेको कार्यक्रममा केसीले राज्यले दण्डित गरेका व्यक्तिलाई आममाफी दिने गरी भएको सहमतिप्रति कडा आपत्ति जनाउनुभयो । माओवादीमा अझै पनि विद्रोही स्वभाव जिवितै रहेको भन्दै उहाँले माओवादीले गरेका प्रतिबद्धताप्रति विश्वास गर्न नसकिने बताउनुभयो । यस्तै संविधानविद् भिमार्जुन आचार्यले माओवादी र मोर्चाबीचको सम्झौता केवल बाबुराम भट्टराई प्रधानमन्त्री बन्नकै लागि मात्र भएको जिकीर गर्नुभयो । यसले देश र जनताको हितमा केही गर्न नसक्ने उहाँको ठोकुवा थियो । सरकार र माओवादीबीच अहिले सम्म ५० वटा सहमति भएपनि कुनै पनि कार्यान्वयन नभएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो । कानुनले दोषी ठहरर्‍याएका व्यक्तिलाई आम माफी दिँदा राज्य कमजोर हुने उहाँको तर्क थियो ।

No comments: