News

Sep 19, 2011

शक्तिशाली भूकम्पबाट नेपालमा मर्नेको संख्या दश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिजो साँझ गएको शक्तिशाली भूकम्पबाट नेपालमा मर्नेको संख्या दश पुगेको छ । काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा गोरखा भुम्लिचोकका बाबु-छोरीसाजन श्रेष्ठ, अनिता श्रेष्ठ र सिन्धुलीको मरिन खोलाका वीरबहादुर माझी रहेका छन् । महानरीय प्रहरी आयुक्तको कार्यालयले जनाएअनुसार उपत्यकाका विभिन्न अस्पतालमा ३२ जनाभन्दा बढीको उपचार भइरहेको छ भने अधिकांशको खुट्टा भाँच्चिएको छ । त्यसैगरी काठमाडौको रामकोट ७ फस्कु डांडापौवामा रहेको फर्माको इन्ड्रस्टिज प्राइभेट लिमिटेडको भवन भत्केको छ । यसैबीच भूकम्पबाट भक्तपुरमा ६ वटा घर भत्किएर पूर्ण रूपमा क्षति भएका छन् भने आठवटा घरमा चर्केर क्षति पुगेको छ । भूकम्प आएपछि आत्तिंदा हृदयघात भई मध्यपुरथिमी गठ्ठाघरकी ६५ वर्षीया लीला पौडेलको मृत्यु भएको छ । भक्तपुरमा २२ जना घाइते भएको प्रहरीले जनाएको छ । त्यसैगरी धरानमा पनि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विमल परियार र सन्तोष परियार रहेका छन् ।
भूकम्पबाट सुनसरीको इनरुवामा चार जना घाइते भएका छन् । त्यसैगरी संखुवासभा पनि एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा प्रदीप राई रहेका छन् । त्यसैगरी झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आयशा घिमिरे रहेको प्रहरीले जनाएको छ । त्यसैगरी बाराको भगवानपुर–५ निवासी भोला पासवानका ३४ वर्षिय छोरा जयसीलाल पासवानको मृत्यु भएको  
साँझ आएको भुकम्पको धक्का महशुस भएपछि अर्ध बेहोस भएर बिरामी परेका पासवानको गएराति ११ बजे घरमै मृत्यु भएको जनाइएको छ । यसैगरी पूर्वी पहाडी जिल्ला धनकुटामा भने भुकम्पका क्रममा गाह्रो भत्कँदा फलाटे–४ मा मधु कार्कीको मृत्यु भएको छ । त्यस्तै कोशी राजमार्गको भेडेटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । भेडेटारको भोजपुरे धुम्तीमा माथिबाट झरेको पहिरोले पुरेर सडक अवरुद्ध भएको प्रहरीले बताएको छ । पहिरोले सडक पुरेपछि यातायात सेवा समेत बन्द भएको प्रहरीले बताएको छ ।
त्यस्तै मेची राजमार्ग अन्तर्गत ताप्लेजुङ सडक खण्ड पनि अवरुद्ध भएको छ । त्यसैगरी ताप्लेजुङको फुङलिङमा ५० प्रतिशत घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । अञ्चल प्रहरी प्रमुख रविराज श्रेष्ठका अनुसार पाँचथरमा ४६ वटा घरमा क्षति पुगेको छ । भोजपुरमा ३० घर भत्कनुको साथै २५ जना गम्भिर घाइते भएका छन् । भुकम्पका कारण एक सय पचास बढी घर क्षतिग्रस्त भएका छन् भने २७ भन्दा चौपायहरु मरेका छन् । भूकम्पका कारण लमजुङको बाहुनडाँडा, रामेछाप, दोलखा, ताप्लेजुङ, तेह्रथुम, इलाम, पाँचथर लगायत अधिकांश पूर्वी क्षेत्रका जिल्लाहरूका ठूलो क्षति पुगेको बताइएको छ ।
भारतमा २६ को मृत्यु
यसैबीच, भारतमा भूकम्पका कारण मर्नेको संख्या कम्तिमा २६ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। 

No comments: