News

Sep 16, 2011

डेनमार्कमा पहिलो महिला प्रधानमन्त्री निर्वाचित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
डेनमार्कमा विहीबार सम्पन्न आम निर्बाचनमा हालका प्रधानमन्त्रीको भेन्स्टर पार्टीको गठबन्धन ब्लू ब्लकलाई पछि पार्दै सोसियल डेमोक्रेट पार्टीको गठबन्धन रेड ब्लक विजयी भएको छ । संसदीय उक्त निर्बाचनमा रेड ब्लक गठबन्धनले ८९ सिट ल्याएको छ भने ब्लू ब्लकले ८६ सिटमा चित्त बुझाएको छ । रेड ब्लकको विजयीसंगै सोसियल डेमोक्रेट पार्टीकी अध्यक्ष हेले थ्रनिङ स्मित डेनमार्कको ४२ औं प्रधानमन्त्री बन्ने निश्चित प्राय भएको यहाँस्थित पोलिटिकेन पत्रिकाले उल्लेख गरेको छ । उनी डेनमार्कको पहिलो महिला प्रधानमन्त्री बन्ने छिन् । रेड ब्लक गठबन्धनमा चार र ब्लू ब्लक गठबन्धनमा पाँच पार्टीहरु छन् । रेड ब्लक गठबन्धनमा सोसियल डेमोक्रेट पार्टी, रेडिकल लेफ्ट, सोसियल फल्के पार्टी र यूनिटी पार्टी छन् । सोसियल डेमोक्रेटले ४४ सिट, रेडिकलले १७, सोसियल फल्केले १६ र यूनिटीले १२ सिट हात पारेका छन् । सोसियल डेमोक्रेट, रेडिकल र यूनिटी पार्टीका अध्यक्ष महिला छन् । ब्लू ब्लक गठबन्धनमा हालका प्रधानमन्त्री लार्स लुक रासमुसेनको पार्टी भेन्स्टरले सबैभन्दा बढी ४७ सिट, डान्सके फल्के पार्टीले २२, लिबरल एलाइन्सले ९, कन्जर्बभेटिभले ८ सिट र क्रिष्चियन डेमोक्रेटले कुनै पनि सिट ल्याउन सकेन ।

No comments: