News

Sep 17, 2011

अधिकारका लागि हतियार उठाउने जनजाति महासंघ अध्यक्षको चेतावनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पाँचथर, भाद्र ३१ - नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का केन्द्रीय अध्यक्ष राजकुमार लेखीले नयाँ बन्ने संविधानमा जनजातिका मागलाई सम्बोधन नभए अधिकारको लागि विद्रोह हुन सक्ने चेतावनी दिएका छन् । नेफिनको तेस्रो पाँचथर जिल्ला अधिवेशनलाई फिदिममा शनिबार सम्बोधन गर्दै उनले संघीयताबिनाको अधुरो संविधान बने आदिवासी/जनजातिलाई मान्य नहुने बताए । 'संविधानले जनजातिका मागलाई समयमै सम्बोधन गर्नु पर्छ,' उनले भने- 'संघीयताबिनाको अधुरो संविधान बनाएर जबरजस्ती लाद्न खोजे हतियार उठाउन बाध्य हुन्छौं ।'संविधानसभामा जनजाति सभासदको उल्लेख्य उपस्थिति भए पनि राजनैतिक दलहरुको व्हिपका कारण उनीहरुले आदिवासी/जनजाति अधिकारको लागि लड्न नसकेको उनले बताए । 'जनजातिको अधिकार सु-निश्चित नहुने अवस्था आयो भने दलहरुले यसको मूल्य ठूलो चुकाउनु पर्ने हुन्छ,' उनले भने ।

No comments: