News

Sep 13, 2011

प्रम र प्राध्यापकबीच तीन बुँदे सहमति, विश्‍वविद्यालयका ताला खुल्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २७ - विश्‍वविद्यालयका कूलपति तथा प्रधान मन्त्री बाबुराम भट्टराई, सात विश्‍वविद्यालयका उपकूलपति र आन्दोलनरत प्राध्यापकहरुबीच तीन बुँदे सहमति भएको छ। यो सहमतिलगत्तै एक महिनाभन्दा अगाडिदेखि तालाबन्द रहेका ४ विश्‍वविद्यालय खुल्ने भएका छन्। आज प्रधान मन्त्री कार्यालयमा भएको छलफलपछि यस्तो सहमति भएको हो। सहमति अनुसार विश्‍वविद्यालय अनुदान आयोग लगायतका निकायमा पदाधीकारी नियुक्ति गर्दा योग्यता र स्वच्छताको आधारमा गर्नका लागि उच्च शिक्षा ऐन बताउने सहमति भएको छ। त्यस्तै विश्‍वविद्यालयमा रिक्त पदाधीकारी नियुक्ति गर्दा सहमती, सहकार्य र समावेशी आधारमा गर्ने र आजबाट ताला बन्दी तथा आन्दोलन फिर्ता लिने निर्णय भएको नेपाल राष्ट्रिय प्राध्यापक संघका महासचिव चन्द्रमणि पौडेलले जानकारी दिए।

No comments: