News

Sep 11, 2011

मुअम्मर गद्दाफी विरोधी वालिद क्षेत्रमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुअम्मर गद्दाफी विरोधी लडाकु समूह उनको पकड रहेको भनिएको बानी वालिद क्षेत्रमा प्रवेश गरेका छन् । बानी वालिद क्षेत्र शान्तिपूर्ण रुपमा राष्ट्रिय संक्रमणकालीन परिषद् (एनटिसी) लाई हस्तान्तरण गर्ने वार्ता असफल भएपछि भिडन्त शुरु भएको हो । बानी वालिद र अन्य तीन शहरलाई शनिवार सम्म आत्मसर्मपण गर्न समय सीमा दिइएको थियो । तर विद्रोही पक्षले आफूमाथि आक्रमण भएका कारण भिडन्त शुरु भएको दावी गरेको छ । अझै पनि चारवटा शहर गद्दाफी सर्मथकको कब्जामा रहेको बताएको छ । बिद्रोही पक्षका कमाण्डरहरुका अनुसार बानी वालिद क्षेत्रका बाहिरी क्षेत्र नियन्त्रणमा आइसकेको छ । आगामी केही घण्टामा यो क्षेत्र पूरै कब्जा गर्ने दाबी उनीहरुले गरेका छन् । यसैवीच गद्दाफीको गृहनगर सिर्तेमा पनि दुईपक्षवीच भिषण युद्ध शुरु भएको बताइएको छ ।

No comments: