News

Sep 17, 2011

जापानको एक संस्थाले ५ सय नेपालीलाई रोजगारी दिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जापानको टोकियोस्थित एक संस्थाले ५ सय नेपालीलाई रोजगारी दिने भएको छ । टोकियोस्थित कोअपरेटिभ एसोसियसन अफ बिजनेस एन्ड डेभलपमेन्ट (टीकेके) ले पहिलो चरणमा रोजगारी दिन सहमत भएको हो । रोजगार प्रवर्द्धनका लागि जापानमा पुगेको नेपाल प्रगतिशील वैदेशिक रोजगारी व्यवसायी मञ्चका प्रतिनिधिसँगको भेटमा टीकेकेका अध्यक्ष मोरियो मोरियोतानीले ५ सय कामदारलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका हुन् । टीकेकेले जापानमा चिन, भियतनामबाट प्रशिक्षार्थी कामदारहरु भित्र्याउँदै आएको छ । टीकेकेले चिनियाँ कामदारहरुको ठाउँमा नेपालीलाई प्रतिस्थापन गर्न लागेको हो ।

No comments: