News

Sep 19, 2011

पाँचथरमा चौविसै घण्टा विजुली

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
देशले सातामा १८ घण्टासम्म लोडसेडिड खेपिरहेको वेला पाँचथरका भण्डै दुई दर्जन वढी गाविसका स्थानीयवासीले भने चौविसै घण्टा विजुली बत्ति वालिरहेका छन् । पाँचथरको पौवासारताप, आङसराङ, चिलिङदेन, इम्वुङ, फाक्तेप, सराङडाँडा, रवि, माडजावुङ, च्याङथापु, फलैचाँ, सिदिन, मेमङ, थर्पु, प्रङवुङ, लयातका गाविसमा स्थानियवासीले चौविसै घण्टा विजुली वालिरहेका हुन् । पाँचथरको उत्तरपूर्वी गाविस च्याङथापु, फलैचा र मेमङमा अठासी किलोवाटको साना जलविधुत परियोजना सञ्चालन गरिएको छ भने पौवासारताप, आडसराड, चिलिडदेन, सराडडाँडा, रवि, गाविसमा ७ करोड ७५ लाखको लगानीमा लघु जलविधुत निर्माण कार्य सम्पन्न भएको छ । सदरमुकाम फिदिमका स्थानियवासी भने दिनमा ८ देखि १० घण्टा सम्म लोडसेडिङ भोग्न वाध्य छन् । अहिले पाँचथरका विभिन्न गाविसहरुमा ७ वटा हाइड्रो पावर सञ्चालनमा रहेको लघुजलविधुत कार्यालय पाँचथरले जनाएको छ ।

No comments: