News

Sep 14, 2011

५० रुपैयाँमै डाक्टरको स्तरीय उपचार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २८- डाक्टरको मुख हेर्नै ३ सय ५० रुपैयाँ तिर्दै आएका विरामीलाई खुसीको खबर छ। पोखरामा सस्तो शुल्कको अस्पताल खुलेको छ। विरामीले ५० रुपैयाँमै विशेषज्ञ डाक्टरबाट स्तरीय उपचार सेवा पाउने छन्। पोखरामा आइतबार सुरु भएको सेवा हस्पिटल प्रालिले जस्तोसुकै विरामीका लागि ५० रुपैयाँको टिकटमा विशेषज्ञ डाक्टरमार्फत् स्तरीय उपचार सेवा दिने घोषणा गरेको छ। यो पोखराको १७ औं अस्पताल हो। सहुलियत प्याकेजका नाममा विरामीलाई प्रयोगशाला, विशिष्ट परीक्षण, एक्सरे, भिडियो इन्डोस्कोपी लगायत अन्य सेवा समेत कम शुल्कमा दिने अस्पतालले बताएको छ। सरकारी सुविधाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाहेक यहाँ निजी अस्पताल र नर्सिङ होम गरी अन्य १६ वटा स्वास्थ्य संस्था सञ्चालित छन्। ती निजी अस्पताल तथा नर्सिङ होमले विरामी जाँचेको शुल्क सुरुमै ३ सय ५० रुपैयाँ लिंदै आएका छन्। ती संस्थामा ल्याब तथा अन्य परीक्षण शुल्कसमेत निकै महँगो छ। 'आम सर्वसाधारणले सहजै उपचार सेवा लिन सकून् भनेर ५० रुपैयाँमै डाक्टरसँग भेट्ने सुविधा दिएका हौं,' अस्पतालको औपचारिक सेवा थालनीका अवसरमा प्रबन्ध निर्देशक एवं हाडजोर्नी तथा नशा विशेषज्ञ पदमबहादुर खड्काले भने, 'यसबाहेक अन्य परीक्षण शुल्क पनि निकै कम छ।'

No comments: