News

Sep 13, 2011

माले समाजवादीद्वारा आफ्नै दुई सभासद्‍को पद खारेज गर्न निवेदन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २७,नेकपा मालेबाट फुटेर बनेको दल नेकपा माले समाजवादीले आफ्ना दुई सभासद् यदुवंश झा र तिलक बहादुर थापा मगरलाई सभासद पदबाट हटाउन संविधानसभा/व्यवस्थापिका संसदमा निवेदन दर्ता गराएको छ। पार्टीको केन्द्रीय सदस्य रहेका झा र थापा मगरलाई यसअघि पार्टी नीति विपरित काम गरेकोमा स्पस्टिकरण सोधिएको थियो। दुबैले जवाफ नदिएपछि गत २० गते बसेको केन्द्रीय कमिटी बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्यबाटसमेत निस्कासन गर्ने निर्णय गरेको थियो। यो निर्णयअनुसार नै संसदमा उनीहरुको सभासद् पद खारेज गर्न निवदेन दर्ता गरिएको हो।

No comments: