News

Sep 14, 2011

गजुरेललाई माओवादी कार्यकर्ताबाटै अवरोध र कालोझण्डा प्रर्दशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुनसरी, भाद्र २८ - मोहन वैद्य समूहको भेलालाई सम्बोधन गर्न धरान जाने क्रममा माओवादी कार्यकर्ताहरुले सचिव सीपी गजुरेललाई इटहरीमा बुधबार अवरोध गरेका छन् । संस्थापन पक्षका कार्यकर्ताहरुले गजुरेल गाडीमा बसेर धरान जाने क्रममा रोकेर प्रदर्शनसमेत गरेका थिए । उनीहरुले सहमति विपरित पार्टी निर्णयलाई चुनौती दिँदै भेलामा हिडेको भन्दै कालो झण्डासमेत देखाएका थिए । प्रदर्शन र विरोध उग्र बन्दै गए पछि इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले सुरक्षा प्रबन्धसहित सचिव गजुरेललाई धरानतर्फ पठाएको थियो । गजुरेल इलामको कार्यक्रम सकाएर आजै इटहरी पुगेका थिए ।

No comments: