News

Sep 10, 2011

एसएलसी पुरकमा ६३.५९ प्रतिशत उत्तीर्ण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ २४- एसएलसी पुरक परीक्षाको नतिजा आज (शनिबार) सार्वजनिक भएको छ। जसमा ६३.५९ प्रतिशत पास भएका छन्। परीक्षा नियन्त्रक सूर्यप्रसाद गौतमका अनुसार परीक्षाको यति थोरै अवधिमा नतिजा आएको यो पहिलो पटक हो। यो नतिजा परीक्षा सकिएको २६ दिनमै आएको छ। यसअघि यस्तो नतिजा असोज अन्तिमतिर मात्र आउने गर्थ्यो। आजको पुरक नतिजामा छात्रातर्फ ३९ हजार ४ सय ३२ जना पास भएका छन् भने छात्रतर्फ ३८ हजार १ सय ५१ जना उत्तीर्ण भएका छन्। यस पटकको परीक्षामा ५ नम्बर ग्रेस दिइएको जानकारी पनि गौतमले दिए। गौतमका अनुसार नतिजामा चित्त नबुझ्नेले १५ दिनभित्र पुनर्योग निवेदन दिनुपर्नेछ। असारमा सार्वजनिक गरिएको नतिजामा एक र दुई विषयमा फेल भएका १ लाख २२ हजार ४ सय ७३ जनाले यो परीक्षा दिएका थिए। जसमध्ये सबैभन्दा बढी ६४ हजार ५ सय १७ जनाले गणितको जाँच दिएका थिए। यो परीक्षाका लागि मुलुकभर २ सय २३ केन्द्र तोकिएको थियो। जुन परीक्षा साउन २३ देखि ३० गतेसम्म सञ्चालन भएको थियो। यो परीक्षाको नतिजा निम्न साइटमा हेर्न सकिनेछ : www.slcresult.soce.gov.np र www.moe.gov.np
नेपाल टेलिकमको १६०० मा डायल गरेर पनि यो नतिजा थाहा पाउन सकिन्छ।

No comments: