News

Sep 12, 2011

अरुण पूर्वका नौ जिल्ला बन्द, जनजीवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
संयुक्त जातिय मुक्ती मोर्चाले आज अरुण पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । बन्दका कारण अरुण पूर्वका झापा, मोरङ, सुनसरीलगायतका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक यातायातका साधनहरु चल्न सकेका छैनन् भने केहि जिल्लाहरुमा आंशिक रुपमा रुपमा सवारी साधन चलेको र बजार पनि केहि खुलेको जनाइएको छ । मोर्चाले आफ्ना कार्यकर्ता दिपक तामाङ, सागर तामाङ र याङ्जि लामालाई रिहा गर्नुपर्नेलगायतका ६ बुंदे माग राख्दै बन्दको आह्वान गरेको हो । बन्दका कारण अहिले सम्म कुनै अप्रिय घटना भने भएको छैन् ।

No comments: