News

Sep 14, 2011

अफगानिस्तानमा तालीबानी आक्रमण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अफगास्तानको राजधानी काबुलमा अमेरिकी दूतावास, नेटोको इसाफ मुख्यालय र प्रहरी भवनलाई लक्षित गरी भीषण आक्रमण भएको छ । अफगानी सुरक्षाकर्मी र आक्रमणकारीबीच करीब १२ घण्टा सम्म भएको भीषण संघर्षपछि बन्धुकधारीहरुलाई सुरक्षाकर्मीहरुले घेरा हालेर कारबाही गरेका छन् । घटनामा परी चार जना प्रहरी, दुई जना अफगानी नागरिक र छ जना आक्रमणकारी मारिएका छन् । आक्रमणस्थल नजिक अन्य राष्ट्रका दूतावास पनि रहेको बताइएको छ । तालिवानले आक्रमणको जिम्मा लिदै सरकारी भवन निशानामा रहेको जनाएको छ । यसअघि गत साता मात्र काबुलको ब्रिटिश काउन्सिल कार्यालयमा गराइएको आक्रमणमा १२ जना मानिस मारिएका थिए । उक्त आक्रमणको जिम्मा तालिवानले लिंदै सन् १९१९ मा बेलायतबाट अफगानिस्तान स्वतन्त्र भएको सम्झनामा आक्रमण गरेको जनाएको थियो ।

No comments: