News

May 19, 2009

सगरमाथाको चुचुरोमा ८० आरोहीले पाइला टेके

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ५ गते । सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मङ्गलबार करिब ८० आरोहीले पाइला टेक्नुभएको छ । एजेन्सीहरूका अनुसार मङ्गलबार बिहान सबेरैदेखि सगरमाथाको चुचुरोमा आरोहीहरूको लर्को लागेको थियो । माउन्ट एभरेस्ट डट नेटका अनुसार मङ्गलबार बिहानैदेखि साउथ कोलबाट करिब एकसय आरोहीको ताँती शिखरतर्फ लागेको थियो । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष तथा एसियन ट्रेकिङका अध्यक्ष आङछिरिङ शेर्पाले पनि मङ्गलबार अपराहृनसम्ममा ८० भन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी दिनुभयो । "मैले आज दिउँसो आधार शिविरमा सम्पर्क राख्दा ८० जनाभन्दा बढी आरोहीले सगरमाथा आरोहण गरिसकेको जानकारी पाएँ", शेर्पाले भन्नुभयो । मङ्गलबार बिहान ७.१५ बजे वसन्तयामको पहिलो टोली सगरमाथा शिखर पुगेको थियो । पासाङ तेञ्जिङ शेर्पा, आङदोर्जे शेर्पा, बेलायती आरोही सास्को केदेमलगायतका आरोहीहरूले पहिलो आरोहण गर्नुभयो । आङदोर्जेको यो १३औँ सगरमाथा आरोहण हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने यसको आधिकारिक पुष्टि गरिसकेको छैन । सबैभन्दा बढी पटक पुग्ने आप्पा शेर्पा पनि यस याममा सगरमाथा शिखरमा पुग्न कस्सिनुभएको छ । इको एभरेस्ट एक्सपिडिसन्स-२००९ टोलीका आरोही आप्पाले जलवायु परिवर्तनबाट पर्ने असरका बारेमा जनचेतना फैलाउन यसपटक सगरमाथा आरोहणमा लाग्नुभएको हो । यो उहाँको १९औँ सगरमाथा आरोहण हो । यही याममा कीर्तिमानी आरोही पेम्बादोर्जे शेर्पा पनि आˆना दुई भाइसहित सगरमाथा आरोहणमा जानुभएको छ ।यस वसन्तयाम अघिसम्ममा तीन हजार ९९६ जनाले सगरमाथाको शिखर टेकिसकेका छन्

No comments: