News

May 20, 2009

२ सय ६४ स्थान सीमास्तम्भ यथास्थानमा नरहेको तथ्य फेला

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ६ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको अध्ययन टोलीले बारा जिल्लामा रहेका नेपाल-भारतबीचका ६ सय ८५ मध्ये २ सय ६४ स्थान सीमास्तम्भ यथास्थानमा नरहेको तथ्य फेला पारेको छ। टोलीले स्थलगत अध्ययनका क्रममा त्यस्तो तथ्य फेला पारेको हो। अध्ययन टोलीका संयोजक सभासद नवीन्द्रराज जोशीले बाराको छिटकैया गाविसमा बढी समस्या देखिएको बताए।पहिला पसाहा नदीलाई सीमा मानिए पनि २०६० सालतिर भारतीय अमिन आई एकतर्फी रुपमा सीमा स्तम्भ गाडिएको स्थानीयबासीले टोलीलाई जानकारी गराएको जोशीले बताए।समितिद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीयबासीको भनाइ उद्धृत गर्दै त्यसरी सीमा स्तम्भ निर्माण गर्दा करिब १० बिघाजति नेपाली भूमि भारततर्फ पुगेको बताए।दसगजा क्षेत्रमा चाहिँ दुवै पक्षले सीमा अतिक्रमण गरेको उनले बताए। ती ठाउँमा साना घर निर्माण र खेतीपाती गरिएको उल्लेख गर्दै जोशीले भने 'दसगजा क्षेत्रमा दुवै पक्षबाट अतिक्रमण भएको पाइयो।'समितिले सीमा सुरक्षाका लागि नीति र संयन्त्र बनाउनुपर्ने सुझावसमेत दिएको छ। 'सीमा सुरक्षा नीति र संयन्त्र तत्कालको आवश्यकता रहेको छ'- उनले भने।

No comments: