News

May 20, 2009

इन्डोनेसियाको विमान दुर्घटनामा ९७ व्यक्तिको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जकार्ता/ इन्डोनेसियाको जाभा टापु जाँदै गरेको एउटा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ९७ व्यक्तिको मृत्यु भएको छ । विमानमा एक सय १२ यात्रु थिए । विमानमा प्रायः सैनिक र उनीहरूका परिवारजन चढेका थिए । क्षतविक्षत विमानका भग्नावशेष जलिरहेको दृश्य स्थानीय टेलिभिजनहरूले देखाइरहेका छन् । कालो मुस्लो आकाशमा मडारिइहेको दृश्यबीच सैनिकहरू नराम्ररी जलेका शरीरलाई स्टेचरमा राखेर एम्बुलेन्ससम्म पुर्‍याइरहेका छन् । वायु सेनाका प्रवक्ता बामबाङ सुलिस्त्योले बुधबार बिहान पूर्वी जाभाको सैन्यशिविरनजिक सी-१३० हर्कुलस विमान दुर्घटना हुँदा कम्तीमा ९२ व्यक्तिको ज्यान गएको बताएका छन् । विमान घरहरूमा बजि्रन पुगेको थियो । विमान धानखेतमा खसेर आगोका लप्कासहित विस्फोट भएको थियो ।

No comments: