News

May 19, 2009

एसियाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सिंगापुर, जेठ ५ विश्वव्यापी आर्थिक मन्दी र तेल उत्पादन गर्ने अफ्रिकी मुलुकमा बढेको अस्थिरताका कारण एसियाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमा कमी आएको छ।एसियाली बजारमा प्रतिव्यारेल ५६ डलरमा तेलको कारोबार भएको छ। जुन महिनाका लागि भएको पेट्रोलको कारोबारमा प्रति व्यारेल १५ सेन्ट घटेको छ।पछिल्ला तथ्यांकहरुले युरोप तत्काल आर्थिक मन्दीबाट बाहिरिन नसक्ने देखाएको छ। यसको असर तेल बजारमा परेको हो। तत्काल इन्धनको माग बढ्न नसक्ने भएकाले तेलको मूल्य अहिलेभन्दा माथि जान नसक्ने बताइएको छ। १६ मुलुकको युरोपेली आर्थिक क्षेत्रले पछिल्लो तीन महिनामा २ दशमलव ५ प्रतिशत कम पेट्रोलियम पदार्थको लागि सम्झौता गरेको छ। युरोस्टेट एजेन्सीका अनुसार सन् २००८ को पछिल्लो तीन महिनामा १ दशमलव ६ प्रतिशतमात्रै तेल कटौती गरेको थियो।
एकसाता अघि नाइजेरियन सेनाले तेल उत्पादन हुने नाइजर डेल्टा क्षेत्रमा आफ्नो अपरेशन सुरु गरेको छ। त्यहाँबाट नौ फिलिपिनो सैनिक सहित १३ बन्दीलाई उसले रिहा गरेको छ। त्यहाँका विद्रोहीले कम्पनीहरुलाई तेल उत्पादनमा अवरोध पुर् याउदै आएका छन्।उनीहरुले गतसाता नाइजर डेल्टामा दुई पानीजहाज नियन्त्रणमा लिएका थिए। विद्रोहीले पुर्ननिर्माण गरिएका दुई पाइपलाइन्समेत ध्वस्त पारेका छन्। यसले त्यहाँका तेल उत्पादकहरुबीच त्रास फैलिएको छ। पेट्रोलियम पदार्थको मूल्य बढा ठिक एक वर्ष अघि एक व्यारेलको मूल्य १ सय ४७ अमेरिकी डलर पुगेको थियो।

No comments: