News

May 19, 2009

बलिउड अभिनेता अक्षय कुमारलाई गिरफ्तार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मुम्बई/ बलिउड अभिनेता अक्षय कुमारलाई मुम्बईको एक फेसन शोमा अश्लीलता प्रदर्शन गरेको आरोपमा गिरफ्तार गरिएको छ । गत मार्चमा ल्याक्मी फेसन शोमा क्याटवाक गर्दा पाइन्टको टाँक फुकाल्दै गरेको तस्बिरहरू बाहिर आएपछि अक्षय कुमार र उनकी श्रीमती टि्वंकल खन्नाविरुद्ध सिकायत परेको हो । अभिनेता कुमार स्वयंले सोमबार बिहान ८:३० बजे मुम्बईको भोकोला प्रहरीचौकी गई आत्मसमर्पण गरेको र उनलाई धरौटीमा छाडिएको सहायक प्रहरी कमिसनर अरविन्द महादादीले जानकारी दिए । यसै प्रकरणमा श्रीमती टि्वंकल खन्नालाई गत महिना नै गिरपतार गरेर धरौटीमा छाडिएको थियो ।

No comments: