News

May 22, 2009

चीनका वैज्ञानिक झेङले एक सय नवौँ जन्मदिवस मनाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेइजिङ/ संसारकै सबभन्दा वृद्ध प्रोफेसरले एक सय नौ वर्षको उमेर टेकेका छन् । चीनको नान्जिङका झेङ जीले हालै आफ्नो एक सय नवौँ जन्मदिवस मनाए । सन् १९०० मा जन्मेका झेङ नै संसारका सबैभन्दा वृद्ध प्राज्ञ हुन् भनिन्छ । नानजिङ विश्वविद्यालयमा मनाइएको उनको जन्मदिवसमा लगभग एक सय जना अतिथि सामेल थिए र तिनमा धेरैजसो उनका चेला नै थिए । उनका शिष्य तथा जन्मदिवसको भोजका आयोजकमध्येका एक झु चाङसेङले आफ्नो जन्मदिनमा त्यति धेरै मानिस आएको देखेर प्रोफेसर झेङ दंग परेका थिए । झेङले जन्मदिनका अतिथिलाई सम्बोधन गर्दै भने- सकारात्मक तथा आशावादी सोच राख्नु तथा क्रियाशील जीवन बाँच्नु दीर्घजीवनका अति नै महत्त्वपूर्ण कारक हुन् । प्रो. झेङ चीनका विख्यात जैविक रसायन तथा पोषणविज्ञ हुन् । उनले नै देशमा बुढ्यौली कम गर्ने जैविक रसायनको स्थापना गरेका हुन् । उनले बुढ्यौली कम गर्नेसम्बन्धी अध्ययनमा अमूल्य योगदान गरेका छन् । सय वर्षको उमेरमा उनले असल स्वास्थ्य तथा दीर्घजीवन उपभोग गर्नेबारे पुस्तक लेखेका थिए । प्रो. झाङले सय वर्ष लागेपछि सामान्य अभ्यास तथा अनुसन्धान कार्य थाले । उनले विश्वविद्यालयका अन्य प्रोफेसरका लागि राम्रो दृष्टान्त प्रस्तुत गरे । उनको पुस्तकमा बुढ्यौलीको मुख्य कारण कोषमा पौष्टिक पदार्थको रासायनिक परिवर्तन भएकाले रेडियोधर्मी तथा लागूपदार्थबाट टाढै रहनु नै बुढ्यौली नआउने मुख्य कारक भएको बताइएको छ । झेङ आफ्नो समय एकदमै योजनाबद्ध ढंगले बिताउँछन् । उनी हरेक बिहान ५ बजे उठिसक्छन् र १० बजे सुतिहाल्छन् । दिनभरका कामको विवरण तयार गरेअनुसार उनी काम गर्छन् । सिचुवानको एक किसान परिवारमा जन्मेका झेङले दोङनान विश्वविद्यालयबाट स्नातक गरेपछि अमेरिकामा स्नातकोत्तर तथा विद्यावारिधि गरेका थिए ।

No comments: