News

May 23, 2009

इलाममा आठ विद्यार्थीका चार शिक्षकहरू

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम, ९ जेठ स्थानीयस्तरमा निजी विद्यालय खुलेपछि इलामको सुलुबुङ गाविसस्थित सरस्वती प्राविमा विद्यार्थी संख्या घटेको छ । विद्यालयमा आठ विद्यार्थी छन् भने चार शिक्षकले उनीहरूलाई अध्यापन गराउँदै आएका छन् । विद्यालयमा भर्ना भएका विद्यार्थी पनि नियमित पढ्न आउँदैनन् । अनेक प्रयास गर्दा पनि थप विद्यार्थी नआएपछि प्रधानाध्यापक तारानाथ खनाल दिक्क भएका छन् । 'दिनभर बस्यो, पढाउ“ भने विद्यालयमा विद्यार्थी नै छैनन्,' खनाल भन्छन्, 'विद्यालयमा बसेर दिन काट्ने काम मात्रै भएको छ ।' भर्ना अभियान चलाए पनि विद्यार्थी नआएको प्रधानाध्यापक खनालले बताए । स्थानीयस्तरमा बग्रेल्ती निजी स्कुल खुलेपछि समस्या आएको उनको भनाइ छ । सो प्राविमा दुई वर्षअघिसम्म एउटै कक्षामा ८० जनासम्म विद्यार्थी थिए । तर, चालू शैक्षिक सत्रमा एकदेखि पाँच कक्षासम्ममा २३ जना भर्ना भएको रेकर्ड विद्यालयसँग छ । विद्यालयमा मुस्किलले आठजना अनियमित आउने गरेका छन् । त्यसमा पनि एकै घरका पाँच बालबालिका छन् । शिक्षक कोषराज खतिवडाका अनुसार अक्सर दुई/तीनजना विद्यार्थी मात्र विद्यालय आउँछन् । उनी भन्छन्, 'विद्यार्थी छैनन्, सरकारी विद्यालय नाम मात्रका हुने भए ।' विद्यार्थी नभए पनि चारजनाको शिक्षक दरबन्दी भने घटेको छैन । इलामका अधिकांश सरकारी विद्यालयको अवस्था सरस्वती प्राविको जस्तै छ । अभिभावक र विद्यार्थी निजी विद्यालयतर्फ आकषिर्त भएपछि यस्तो अवस्था आएको हो । सुलुबुङ, सुम्बेक, मंगलबारेलगायत गाविसका अधिकांश प्राविमा निकै कम विद्यार्थी छन् ।

No comments: