News

May 19, 2009

नेता भेलुपिल्लाई प्रभाकरणको हत्या गरेको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
मिल टाइगर्सका मुख्य नेता भेलुपिल्लाई प्रभाकरणको हत्या गरेको दाबी श्रीलंकाली सेनाले गरेको छ । प्रभाकरणको हत्यासँगै अलग राज्यका लागि तमिल विद्रोहीले गरेको युद्ध पनि सकिएको छ । तीन दशक लामो चलेको यस युद्धमा ७० हजारभन्दा बढीले ज्यान गुमाएका थिए । सरकारी टेलिभिजन रूपाबाहानीमा सोमबार नियमित कार्यक्रम आइरहेको थियो । तर, कार्यक्रम बीचैमा रोकियो- नयाँ समाचार दिन । समाचार थियो- तमिल टाइगर्सका मुख्य नेता भेलुपिल्लाई प्रभाकरणको हत्या । समाचारमा उनको मृत्युबारे थप जानकारी दिएको छैन । सूचना विभाग प्रभाकरणको हत्या भएको खबर टेक्स्ट म्यासेजद्वारा देशभरका मोबाइल फोनमा पठाउन व्यस्त छ । दुई सहायक सोसाई र पोटु अमनका साथ उनको हत्या भएको खबर सर्वत्र फैलाइँदै छ । प्रभाकरण र उनका अन्तिम सहयोगीलाई सोमबार सेनाले घेरेर मारेको बताइएको छ । उनी र उनका सहयोगीहरू हातहतियारले सुस्सजित भ्यानमा थिए रे । भ्यानसँगै लडाकुहरूले भरिएको बस थियो । मृतकमध्ये प्रभाकरणको लास पुष्टि गर्ने काम भइरहेको जानकारी दिइयो । सरकारी सेना र विद्रोहीबीच दुई घन्टा लडाइँ चलेको थियो । तर, उनको मृत्युसम्बन्धी कयौं 'कन्सपिरेसी थेओरी' जन्मिएका छन् । सेनासँगको अन्तिम लडाइँमा एम्बुलेन्समा भाग्न खोज्दा गोली लागेर उनको मृत्यु भएको समाचार पनि आइरहेको छ । साथसाथै, उनको हत्या नभएको भन्ने समाचार पनि आइरहेको छ । सैनिक घेराबन्दीमा परे पनि उनी जीवित नै रहेको भनाइ पनि चर्चामा छ ।
भ्यानमा गइरहेको वेला मृत्यु भयो भन्ने भनाइअनुसार सरकारी सेनाले भ्यानलाई लक्षित गरेर रकेट प्रहार गर्‍यो । त्यसपछि, सेनाले भ्यानभित्रबाट प्रभाकरण र उनका सहयोगीको लास बाहिर निकाल्यो रे ! निडर तथा क्रुर गुरिल्ला नेताका रूपमा प्रभाकरण चिनिने गरेका छन् । उनले तमिल टाइगरलाई अनुशासित र प्रतिबद्ध लडाकुहरूको फौज बनाउन ठूलो नेतृत्वदायी भूमिका निर्वाह गरे । प्रभाकरण सधैं घाँटीमा साइनाइड क्याप्सुल बोकेर हिँड्थे । आत्मसमर्पण गर्नुभन्दा आत्महत्या गर्नु आत्मसम्मान ठान्थे उनी । पक्राउ परिहाले साइनाइड खाएर आत्महत्या गर्नु उचित मान्थे । आलोचकका आँखामा प्रभाकरण वार्ताभन्दा युद्ध रुचाउने लडाकु हुन् । उनीहरूका अनुसार २००२ मा नर्वेको मध्यस्थतामा भएको युद्धविरामलाई प्रभाकरणले पुनः संगठित हुन र हतियार बटुल्न प्रयोग गरे । प्रभाकरणका बारेमा श्रीलंकाली जनताको मिश्रति प्रतिक्रिया छ । तमिल समुदायका लागि उनी स्वतन्त्रता लडाकु हुन् जो उनीहरूलाई सिंहाली शोषणबाट मुक्त गर्न चाहन्छ । तर, सिंहाली समुदायका लागि उनी क्रुर र हिंस्रक लडाकु हुन् ।
प्रभाकरण थोरै मात्र अन्तर्वार्ता दिने लडाकुका रूपमा चिनिन्छन् । तर, प्रत्येक वर्षको नोभेम्बरमा भने उनी भाषण दिन्थे । यस दिनलाई तमिल विद्रोहीहरूले नायकको दिनका रूपमा लिने गरेका छन् । जंगलका विभिन्न स्थानमा सेनाबाट लुक्दै हिँडेका प्रभाकरणको जीवनबारेमा थोरै मात्र थाहा छ ।
भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न भएको आरोप पनि प्रभाकरणमाथि लागेको छ । प्रभाकरणको जन्म नोभेम्बर २६, १९५४ मा तटीय गाउँ भेलभितितुहुराईको जाफ्ना तटमा भएको हो । चार सन्तानमध्येका कान्छा हुन् उनी । विद्यार्थी छँदा उनी मध्यम स्तरका विद्यार्थी थिए । लजालु र पढन्ते थिए उनी । उनले नेपोलियन र अलेक्जेन्डरसम्बन्धी पुस्तक सबै पढिसकेका थिए रे । नेपोलियन र अलेक्जेन्डर उनका मनपर्ने व्यक्तित्व हुन् । भारतका दुई वरिष्ठ नेता सुवासचन्द्र बोस र स्वतन्त्र सेनानी भगत सिंहको जीवनबाट पनि प्रभावित छन् प्रभाकरण । किशोर अवस्थादेखि नै तमिलविरुद्ध राजनीति, रोजगारी र शिक्षामा गरेको भेदभाव उनलाई मन पर्दैन थियो । यसविरुद्ध उनी राजनीतिक बैठकमा सहभागी हुन थाले । मार्सल आर्ट अभ्यास गर्न थाले । यसबीचमा उनी तमिल विद्रोही अभियानमा पूर्णरूपमा लागे । सन् १९७५ मा जाफ्नाको मेयरको हत्या गरेको आरोप प्रभाकरणलाई लगाइयो । तमिल विद्रोह सुरु भएयताको यो पहिलो हाई प्रोफाइल हत्या थियो ।तमिल विद्रोहीलाई ३२ राष्ट्रले आतंककारी घोषणा गरेका छन् । आंतकवाद, हत्या, अपराधको आरोपमा इन्टरपोलले प्रभाकरणलाई अपराधीको सूचीमा राखेको छ ।प्रभाकरणको व्यक्तिगत जीवन थोरै मात्र सार्वजनिक हुने गरेको छ । म्याथिभाथानी इराम्बुसँग उनको बिहे अक्टोबर १, १९८४ मा भयो । बिहे तिरुप्रोरुर (अहिलेको चेन्नाई) मा भयो । प्रभाकरणका एक छोरी द्ववाराका र दुई छोरा चाल्र्स एन्थोनी र बालचन्द्रन छन् । उनीहरू कहाँ छन् भन्ने केही थाहा छैन । उनीहरू श्रीलंकामा नभएको विश्वास गरिएको छ । यीमध्ये चाल्र्स एन्थोनीको मृत्यु भइसकेको छ ।

No comments: