News

May 25, 2009

विद्यादेवी भण्डारीले रक्षा मन्त्रालयको कार्यभार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ११ गते । नवनियुक्त रक्षामन्त्री विद्यादेवी भण्डारीले सोमबार रक्षा मन्त्रालयको कार्यभार सम्हाल्दै राष्ट्रिय एकता, अखण्डता र सर्वभौमिकताको रक्षाका लागि नेपाली सेनाले पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्नुभयो ।नेपालको राजनीतिक इतिहासमा पहिलोपटक महिला रक्षामन्त्री हुनुभएका भण्डारीले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमिकताको रक्षाका लागि आफूले कसैसँग सम्झौता नगर्ने र नेपाली सेना मुलुकको एकमात्र राष्ट्रिय सेना भएको बताउनुभयो ।उहाँले माओवादी सेनाको उचित व्यवस्थापन हुने बताउँदै माओवादी सेना समायोजनका लागि विशेष समिति बनिसकेकाले समितिको निर्णयका आधारमा सरकार अगाडि बढ्ने धारण पनि राख्नुभयो ।

No comments: