News

May 22, 2009

नेपालका लागि राजदूत नान्सी पावेललाई फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ८ अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालका लागि राजदूत नान्सी पावेललाई फिर्ता गर्ने भएका छन्। ओबामले पावेललाई विदेश विभागको परराष्ट्र सेवाको महानिर्देशकमा मनोनयन गरी उनलाई राजदूतबाट फिर्ता गर्न लागेका हुन्। 'राष्ट्रपति ओबामाले पावेलसहित विभिन्न व्यक्तिलाई महत्वपूर्ण पदहरुमा नियुक्त गर्ने घोषणा गरेका छन्'- ह्वाइट हाउसका प्रेस सचिवको कार्यालयका प्रवक्ताले एक वक्तव्यमा भनेका छन्।काठमाडौंस्थित अमेरिकी दुतावासले शुक्रबार उपलब्ध गराएको प्रेस सचिवको कार्यालयका प्रवक्ताको वक्तव्यमा ओबामाले महत्वपूर्ण प्रशासनिक पदमा मनोनयन गरेकामा पावेलको नामसेमत छ।नेपालका लागि नयाँ राजदूतको नियुक्तिसम्बन्धमा जिज्ञासा राख्दा राजदूतासका सूचना अधिकृत निकोल चुलिकले त्यसबारेमा अहिल्यै बोल्नु छिटो हुने बताइन्।'हामीलाई अहिल्यै सिनेटले पावेलसहितका मनोनीतहरुलाई कहिले स्वीकृति दिन्छ भन्ने थाहा हुँदैन'- चुलिकले नागरिकसँग भनिन्।
तत्कालीन राष्ट्रपति जर्ज बुसले सन् २००७ को मार्चमा परराष्ट्र सेवाका वरिष्ठ अधिकारी पावेललाई नेपालको राजदूतमा नियुक्त गरेका थिए।

No comments: