News

May 24, 2009

मंगोलियामा नयाँ राष्ट्रपतिको चुनाव हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उलानबाटोर/ एक वर्षअघि संसदीय चुनावका वेला मतदानमा धाँधली भएको भनी प्राणघातक दंगा फैलिएको एक वर्षपछि मंगोलियामा नयाँ राष्ट्रपतिको चुनाव हुने भएको छ । पहिलेको कम्युनिस्ट पार्टीका वर्तमान राष्ट्रपति नाम्बरिन एन्खाबारलाई प्रमुख विपक्षी प्रजातान्त्रिक दलका साखियागिन एल्बेगोरीले चुनौती दिएका छन् । हिजो निर्धारित चुनावको मुख्य मुद्दाका रूपमा मंगोलियाको व्यापक खनिज स्रोतको वितरणलाई बनाइएको छ । गत वर्ष आमचुनावमा धाँधली भएको विरोधमा भएको प्रदर्शनमा पाँचजनाको ज्यान जानुका साथै सयौँ घाइते भएका थिए । १९९० मा मंगोलियामा ७० वर्ष पुरानो सोभियत शैलीको एकदलीय राजनीतिक प्रणाली त्यागेर राजनीतिक तथा आर्थिक सुधारको थालनी गरिएको थियो । नयाँ संविधानमा प्रजातन्त्र र निजीकरणलाई भित्र्याइएको थियो, तर सोभियत सहयोग फिर्ता गएपछि अर्थतन्त्र धराशयी भएको थियो । यसबाट भूपरिवेष्ठित मंगोलियामा गरिबी र बेरोजगारीमा व्यापक वृद्धि भएको थियो ।

No comments: